चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्यूले आज एघार तारिखका दिन पैचिङमा पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै चीनको अनुमति नलिई अमेरिकी जलसेनाको " इम्फेसिकाब्ल" नामको जहाज दक्षिणी समुद्रअन्तर्गत चीनको विशेष आर्थिक क्षेत्रमा चलेकोमा चीनव्दारा अमेरिकासित गम्भीर सम्पर्क राखिसकेको कुरा बताउनुभएको छ।
उहाँको भनाइअनुसार अमेरिकाले प्रभावकारी कदम चाली फेरि यस्तो गल्ती नगर्न पनि चीनले अमेरिकालाई आग्रह गरेको छ।
|