
चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन आज विहान पैचिङमा सम्पन्न भयो। चीनका नेतागण हु चिन थाउ, उ बाङ को, वन च्या पाउ, च्या छिङ लिन यस वार्षिक अधिवेशनको समापन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य तथा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष च्या छिङ लिनले यस समापन समारोहको अध्यक्षता गर्नुभयो। श्री च्या छिङ लिनले सम्बोधन गर्दै भन्नुभयो- यस पटकको अधिवेशनको अवधिमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका व्यापक सदस्यहरुले अर्थतन्त्रको स्थिर तथा तीब्र विकासको निरन्तरता दिने तथा सामाजिक मेलमिलाप तथा स्थिरताको संरक्षण गर्ने विषयबारे सक्रियताका साथ छलफल गरी चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारलाई नीति तर्जुमा गर्नका लागि महत्वपूर्ण निर्देशन उपलव्ध गराउनुभयो।

श्री च्या छिङ लिनले यस वर्ष विश्व र स्वदेशका सामु देखापरेको ठूलो चुनौतिको सामना गर्ने तथा चिनियाँ कम्युनिष्ट पार्टीको कार्यलाई अघि बढाउने एउटा निर्णायक वर्ष हो भन्ने कुरामा जोड दिनुभयो। उहाँले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनलाई यसवर्ष आर्थिक तथा सामाजिक विकासको विभिन्न लक्ष्यलाई साकार तुल्याउनका लागि सकारात्मक योगदान पुर्याउँन आग्रहसमेत् गर्नुभयो।
|