china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनमा श्री उत्तमनाथ सापकोटाको शुभकामना
    (GMT+08:00) 2009-03-12 17:43:10    
               चीनको तीब्र आर्थिक विकासको गतिलाई सन् 2009मा स्थिर बनाउन सहयोग गर्ने संकल्पसहित चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन पैचिङ्गस्थित जनबृहत् सभाभवनमा आज सफलतापूर्वक सम्पन्न भएको छ । 10 दिनसम्म सञ्चालन भएको सो अधिवेशनमा झन्डै 2 हजार प्रतिनिधिहरुले आर्थिक विकास, सरकार सञ्चालन, प्रजातन्त्र, कानूनी ब्यवस्थालगायतका विषयमा 5 हजार 5 सयभन्दा बढी प्रस्ताव पेश गरेका छन् । परामर्शदात्री सम्मेलनका प्रतिनिधिहरुले जनताको जीवनस्तर अझ माथि कसरी उकास्ने भन्ने विषयलाई अधिवेशनअवधिभर विशेष महत्त्व दिएको कुराले मेरो मनमा गहिरो प्रभाव परेको छ ।

               प्रतिनिधिहरुले विश्व आर्थिक संकटको चुनौती सामना गर्न आर्थिक वृद्धिदर कायम राख्ने तथा आर्थिक पुनःनिर्माण र आन्तरिक खपत बढाउन जोड दिने विषयमा 551 प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरी, अधिवेशनमा प्रस्तुत कृषि र ग्रामीण विकाससम्बन्धी 603, रोजगारसम्बन्धी 632, सामाजिक सुरक्षासम्बन्धी 301, शिक्षासम्बन्धी 657, जनस्वास्थ्य र चिकित्सासम्बन्धी 426, खाद्यसुरक्षासम्बन्धी 146 तथा प्रजातन्त्र, नियम र कानूनसँग सम्बन्धित 294 प्रस्तावमाथि पनि गहनरुपमा छलफल गरिएको थियो । अधिवेशनमा प्रस्तुत गरिएका सबै प्रस्तावहरु जनतको दैनिक जीवनसँग सम्बन्धित विषयहरु मात्रै छन् । त्यसैले परामर्शदात्री सम्मेलनका प्रतिनिधिहरुले उठाएका जनसरोकारका विषय निकै उपयोगी भएको मलाई लागेको छ । ती प्रस्तावहरुको कार्यान्वयनका लागि यसै महिनाको 24 तारिखसम्म चीन सरकारका विभिन्न विभाग तथा प्रशासनिक इकाइहरुमा पुर्याइने भएकाले जनसरोकारका विषयलाई उच्च प्राथमिकतामा राख्तै देश निर्माणमा सहयोग पुर्याउने दिशामा अधिवेशन निकै सफल भएको मेरो विश्वास छ ।

               जनराजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन सुरुभएदेखि त्यसका बारेमा सी.आर.आई. नेपाली विभागले निरन्तररुपमा समाचार, समाचार सन्दर्भ र अरु नियमित कार्यक्रममार्फत् सकेकसम्म धेरै जानकारी दिने जमर्को गरिरहेको छ । यसका लागि नेपाली विभागका सम्पूर्ण मित्रहरुलाई आभार ब्यक्त गर्दछु । अन्त्मा, असल छिमेकी मुलुकको एक नागरिक तथा सी.आर.आई. नेपाली विभागको नियमित श्रोताको नाताले सी.आर.आई. र चिनियाँ जनताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद ।

     

    नियमित श्रोता-

    उत्तमनाथ सापकोटा (शिक्षक)

    गाउँफर्क माध्यमिक विद्यालय

    सिद्ध गाविस-7, खाल्टे

    कास्की जिल्ला, नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040