china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनमा श्री उत्तमनाथ सापकोटाको शुभकामना
    (GMT+08:00) 2009-03-12 18:16:01    

              चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन पैचिङ्गस्थित जनबृहत् सभाभवनमा आज सफलतापूर्वक सम्पन्न भएको छ। हाम्रा धेरै नेपाली श्रोताहरुले आ-आफ्नो शुभकामना सन्देश पठाउनुभएको छ। कास्की जिल्ला सिद्ध गाविस-7, खाल्टे, गाउँफर्क माध्यमिक विद्यालयका शिक्षक तथा हाम्रा नियमित श्रोता उत्तमनाथ सापकोटाले आफ्नो इमेलमा लेख्नुभएको छः

              10 दिनसम्म सञ्चालन भएको सो अधिवेशनमा झन्डै 2 हजार प्रतिनिधिहरुले आर्थिक विकास, सरकार सञ्चालन, प्रजातन्त्र, कानूनी ब्यवस्थालगायतका विषयमा 5 हजार 5 सयभन्दा बढी प्रस्ताव पेश गरेका छन् । प्रतिनिधिहरुले जनताको जीवनस्तर अझ माथि कसरी उकास्ने भन्ने विषयलाई अधिवेशन अवधिभर विशेष महत्त्व दिएको कुराले मेरो मनमा गहिरो प्रभाव परेको छ। ती प्रस्तावहरुको कार्यान्वयनका लागि यसै महिनाको 24 तारिखसम्म चीन सरकारका विभिन्न विभाग तथा प्रशासनिक इकाइहरुमा पुर्‍याइने भएकाले जनसरोकारका विषयलाई उच्च प्राथमिकतामा राख्तै देश निर्माणमा सहयोग पुर्याउने दिशामा अधिवेशन निकै सफल भएको मेरो विश्वास छ।

              जनराजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन सुरुभएदेखि त्यसका बारेमा सी.आर.आई. नेपाली विभागले निरन्तररुपमा समाचार, समाचार सन्दर्भ र अरु नियमित कार्यक्रममार्फत् सकेकसम्म धेरै जानकारी दिने जमर्को गरिरहेको छ। यसका लागि नेपाली विभागका सम्पूर्ण मित्रहरुलाई आभार ब्यक्त गर्दछु । अन्त्यमा, असल छिमेकी मुलुकको एक नागरिक तथा सी.आर.आई. नेपाली विभागको नियमित श्रोताको नाताले सी.आर.आई. र चिनियाँ जनताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040