china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    खाद्य पदार्थ र औषधीको सुरक्षा संजाल बनाउन चीन सक्रिय
    (GMT+08:00) 2009-03-12 16:23:59    

         सन् 2008 मा "मेलामिन घटना"ले चिनियाँहरुको खाने टेबुलमा दुःखद छाप पारेको थियो। समस्याले अल्झेको दूध पाउडरको घटनाले करीब तीन लाख घर परिवारलाई आघात पुर्‍याएको थियो। बच्चाहरुको कलिलो तर दुःखी अनुहारले सारा देशको मन दुखायो। तर उता यस घटनाले "खाद्य पदार्थको सुरक्षा ऐन" को तर्जुमा गर्ने पाइलालाई गतिशील तुल्याएको छ। "खेत बारीदेखि खाने टेबुलसम्म" गरी हरेक चरणमा नाका लगाइएको यो ऐन यस वर्षको जून एक तारिखदेखि लागू हुने भएको छ। अब भविष्यमा स्वास्थ्यमा ख्याल दृष्टि पुर्‍याएर प्रत्येक व्यक्तिका लागि सुरक्षाको एउटा संजाल बनाउनुपर्ने काम गर्नुपर्छ।

              "गोलभेडा किन्दा छुँदा एकदमै कडा वा एकदमै पोटिलो खालको चाहिं म छान्दै छान्दिनँ। किनभने उनीहरुले छिटै पाकोस् होस् भनेर औषधी छरेको मैले देखें"।

              "मुलुकले यससम्बन्धी कडा ऐनको तर्जुमा गर्न सक्ने र नक्कली चीज बनाउने वा खानेकुरामा जथाभाबी मिसावट गर्ने मानिसमाथि कडा कारवाई गर्न सक्ने हाम्रो आशा छ"।

              साग तरकारी बजार वा सुपर मार्केटमा पत्रकारले यस्तो आवाज सुने। चीनका प्रधानमन्त्री वन च्या पाउले पाँच तारिखको सरकारी नीति तथा कार्यक्रममा भावी नीति र कार्यक्रम पेश गर्दै आदेश दिनुभयो- यसवर्ष विशेष रुपमा खाद्य पदार्थ र औषधीको सुरक्षासम्बन्धी व्यवस्थापन गर्नुपर्छ, उत्पादित वस्तुको सुरक्षित गुणस्तरसम्बन्धी मापदण्डलाई पूर्णता दिलाउनुपर्छ साथै यसलाई कडाइका साथ व्यवहारमा उतार्नुपर्छ र सर्वसाधारण जनतालाई ढुक्कसँग किन्न पाउँने र आनन्दका साथ खान पाउँने र मजासंग प्रयोग गर्न पाउँने वातावरण तयार गर्नुपर्छ। ती कुराहरु सर्वसाधारण जनताले मुख ताकेर कुरिरहेको कुराको गम्भीर जवाफ पनि हो।

              विगत बीस वर्षदेखि यता चीनको खाद्य पदार्थ उद्योग वर्षैपिच्छे दश प्रतिशतको गतिले विकसित हुँदै आएको छ। केही उद्योग व्यवसायले लागत घटाउनका लागि खानेकुरामा ठूलो मात्रामा नियमले छूट नदिने पदार्थ मिसाएका थिए। भर्खरै सार्वजनिक "खाद्य पदार्थको सुरक्षा ऐन"मा तोकिए अनुसार खानेकुरामा राज्यले छुट नदिएको पदार्थ मिसायो भने त्यो ऐनको उल्लंघनकारी कर्तुत मानिनेछ। हाल खान नहुने पदार्थ हाल्ने वा जथाभाबी खानेकुरामा मिसावट गर्ने कर्तुतमाथि विशेष रुपमा कारवाई गर्नेसम्बन्धी गतिविधि चीनभरि चलाइँदैछ।

              पैचिंगमा आयोजित चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेशनमा सहभागी जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य एवम् रसायनशास्त्री ये चे नोंगले भन्नुभयो-

              "खानेकुरामा मिसाइने वस्तु कृत्रिम रुपमा मिसावट गरिएको अर्गानिक वस्तु भएको कारण त्यसको संख्या वर्षैपिच्छे बढिरहेको छ साथै तीमध्येका धेरै वस्तुबाट हुने विषालु पदार्थबारे अझै प्रष्ट छैन। त्यसैले छुट पाइएको खानेकुरामा मिलाउने पदार्थको प्रयोग गर्नेहरुमाथि यसको प्रयोगपछि विष लाग्ला वा नोक्सान पुग्ला भनेर विचार गर्नुपर्छ"।

              खानेकुरा सरह औषधीको गुणस्तर र सुरक्षाको पनि सर्वसाधारण जनताको स्वास्थ्यसित घनिष्ठ सम्बन्ध रहेको छ। चिनियाँ राष्ट्रिय खाद्य पदार्थ र औषधीको अनुगमन र व्यवस्थापन व्यूरोअन्तर्गत औषधी दर्ता विभागीय प्रमुख चाँग वैले भन्नुभयो- गत वर्ष सारा देशले प्राप्त गरेको औषधीको दर्तासम्बन्धी दर्खास्त तीन हजार चार सय तेह्र थान थिए। यसमा परार सालको सोही समयको तुलनामा अठार प्रतिशतले तल झरेको थियो। औषधीको अनुसन्धान र उत्पादन गर्ने अवस्था हाल सुध्रेको छ।

               चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य एवम् शांगहाई क्वाँग मिंग खाद्य पदार्थ समूहका उप महाप्रबन्धक क च्युन चेले आफ्नो गूटले उत्पादित वस्तुको गुणस्तर बारे छानबिन गर्ने चौतारो खडा गरेको कुरा बताउनुभयो। उहाँले भन्नुभयो-

              "यदि हाम्रो खानेकुराको सुरक्षामा समस्या देखा परेमा तमाम गूट खत्तम हुनेछ। सानो उद्योग व्यवसाय होस् वा ठूलो, सबैका लागि एक मुख्य कुरा के हो भने आफू एउटा उत्तरदायित्वपूर्ण उद्योग व्यवसाय बन्नुपर्छ। किनभने खाद्यपदार्थ व्यवसाय एक नैतिक व्यवसाय, आत्मव्यवसाय र जिम्मेवार व्यवसाय हो। त्यसैले कानुनी विचारधारा, नैतिक विचारधारा र सामाजिक उत्तरदायीत्वपूर्ण विचारधारा उभ्याउनुपर्छ।

               यो विश्वास छ कि चीनले खाद्यपदार्थ र औषधिको उत्पादन र ढुवानी आदितर्फको अनुगमन र व्यवस्थापनलाई मजबुत पार्ने काम गर्नुका साथसाथै सर्वसाधारण जनताको स्वास्थ्य झन सशक्त रुपमा सुनिश्चित हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040