चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पैचिङ्गमा बोल्दै श्रीलंकाको राजधानी कोलम्बोनजिकको एउटा मस्जिदमा हालै भएको आत्मघाती बम विस्फोटको चीन सरकारले निन्दा गर्दै उक्त काण्डमा मारिएकाहरुप्रति शोक व्यक्त गर्नुका साथै घाइते भएकाहरुलाई हार्दिक सात्वना दिएको कुरा बताउनुभएको छ।
उहाँले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो।
प्राप्त जानकारीअनुसार, उक्त काण्डमा परी कम्तिमा दश जनाको मृत्यु भएको साथै बीस जना घाइते भएका छन्।
|