चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पेइचिँगमा बोल्दै भियतनामका उपप्रधानमन्त्री एवम विदेशमन्त्री पाम किआ किएमको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य ताइ बिन कोले आगामी अठारदेखि एक्काईस तारिखसम्म भियतनामको औपचारिक भ्रमण गर्नुका साथै उपप्रधानमन्त्री पाम किआ किएमसँग चीन-भियतनाम दुई पक्षीय सहयोग निर्देशन समितिको तेस्रो सम्मेलनको अध्यक्षता गर्नुहुने कुरा वताउनुभयो।
भ्रमणको अवसरमा दुवै पक्षले दुई पक्षबीचको सम्बन्धलाई बढाउने , आपसी हितयुक्त सहयोग गहन पार्ने र साझा अभिरुचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सम्बन्धबारे बैचारिक आदान प्रदान गर्ने कुरा बताउँदै श्री मा छाउ स्युले यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ शक्ति थप्ने विश्वास आफूले लिएको कुरा वताउनुभयो।
|