 यस वर्ष चीनको कुल गार्हस्ध उत्पादन मात्रा अर्थात जि.डि.पि. आठ प्रतिशतले वृद्धि हुने लक्षमा आवश्यकता र सम्भावनाको विचार गरेर सरकारद्बारा गरिएको वचन्बद्धता हो र जसबाट चीन सरकारको संकल्प र आशा देखिएको कुरा चीनका प्रधानमन्त्री वन च्या पाउले आज पेइचिंगमा बताउनुभएको छ।
आज चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन पेइचिंगमा सम्पन्न भएको छ। त्यसपछि चीनका प्रधानमन्त्री वन च्या पाउले चिनियाँ र विदेशी पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, जि.डि.पि. आठ प्रतिशतले वृद्धि हुने लक्षलाई साकार पार्न आवश्य गाह्रो भएता पनि प्रयासमा साकार रहने छ।
|