 चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङ्गमा बोल्दै तिब्बतले वैदेशिक खुलापन नीतिलाई अटल-अचलताका साथ कायमै राख्ने कुरामा जोड दिनुभएको छ। तिब्बत आफ्नै विकासका लागि पनि यो निकै अवश्यक रहेको कुरा पनि उहाँले औंल्याउनभएको छ।
चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले तिब्बतको समष्टिगत परिस्थिति शान्त हुनुका साथै तिब्बती जनताको जीवन पनि आनन्ददायी रहेको छ भन्दै चीनको संविधान र जातिय क्षेत्रीय स्वशासन ऐनले तिब्बती जनताको स्वतन्त्रता तथा हक-अधिकार, र विशेष गरी धार्मिक स्वतन्त्रताको प्रत्याभूत गरेको कुरा बताउनुभएको छ।
गत केही वर्षयता चीनले तिब्बतमा बढी आर्थिक लगानी पठाएर तिब्बतको आर्थिक निमार्णलाई छिटो पार्नुका साथै स्थानीय किसान र पशुपालकको जीवनको पनि सुधार गर्दै आएको छ भन्दै प्रधानमन्त्री वन च्या पाउले तिब्बतको शान्ति र निरन्तर प्रगतिबाट चीन सरकारको नीति उचित रहेको कुरालाई प्रतिबिम्बित भएको कुरा पनि औंल्याउनुभएको छ।
|