china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्न सक्ने चीनको विश्वास
    (GMT+08:00) 2009-03-13 17:24:41    

          चीनको सर्वोच्च आधिकारीक संस्था अर्थात चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज पैचिङ्गमा सम्पन्न भयो। सो सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा प्रस्तुत सरकारी कार्य प्रतिवेदन पारित गरिनुका साथै चीन सरकारले अन्तर्राष्ट्रिय बैंकिङ संकटको एकै चोटी सामना गर्ने बिषय सम्बन्धी योजनालाई पनि अनुमोदन गरिएको छ। यस पटकको अधिवेशन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले बैंकिङ संकटको चीनले कसरी सामना गर्ने आदि बिषयबारे स्वदेशी तथा विदेशी पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। यसका साथै उहाँले यस पटकको संकटको सामना गर्ने चीनको विश्वास रहेको छ भन्दै वर्तमान कठिनाईलाई जित्नका लागि अन्तर्राष्ट्रिय समाजसँगै मिलेर सहयोग गर्ने चीनको इच्छा प्रकट गर्नुभएको छ।

               आजको पत्रकार सम्मेलन शुरुभएपछि प्रधानमन्त्री वन च्या पाउले प्रत्यक्ष रुपमा अन्तर्राष्ट्रिय बैंकिङ संकटबारे चर्चा गर्नुभएको छ। उहाँले चीनको एउटा प्राचीन कवितामार्फत वर्तमान संकटको सामना गर्ने चीनको विश्वास तथा सारा विश्वका विभिन्न मुलुकलाई दिने शुभकामना प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयोः

              "यस वर्षको बसन्त पूरा हुन लागेको कुरा नभन्नोस न। किन भने आउने वर्षको बसन्त अझ न्यानो हुने भएको छ। आउने सालमा चीन र सारा विश्व अझ प्रफूल्ल हुन सक्ने प्रतीक्षामा म रहिरहेको छु।"

              दुइ घण्टाभन्दा बढी समयसम्म चलेको सो पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउसँग पत्रकारहरुले जम्मा तेईस वटा प्रश्न सोधेका थिए। यसमा सत्तरी प्रतिशत जतिका प्रश्न बैंकिङ संकटको सामनाका लागि चीनले चलाउने आन्तरिक नीति तथा कूटनैतिक कदम सम्बन्धित भएका रहेका छन। चीन सरकारद्बारा प्रस्तुत गरेको चालिस खर्ब चिनियाँ युआनको लगानी योजनालाई प्रकाश पार्दै प्रधानमन्त्री वन च्या पाउले भन्नुभयोः

               "हामीले प्रस्तुत गरेको योजनामा चार वटा बिषय समावेश छन। ती भनेको ठूलो परिमाणको सरकारी लगानी, ठूलो परिधिको व्यवसाय सामन्वय तथा पुनरुथान, शक्तिशाली वैज्ञानिक तथा प्राविधिक समर्थन र सामाजिक सुनिश्चितताको स्तरको ठूलो बृद्धि।"

               प्रधानमन्त्री वन च्या पाउले यस पटकको बैंकिङ संकटको समाधानबारे चीनले ठीक जानकारी लिनुका साथै पूर्ण तयारी गरेको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

               "यस पटकको बैंकिङ संकटको समाधान गर्न हामीले दीर्घकालीन रुपमा कठिनाईको सामना गर्नुपर्ने तयार गरिसकेका छौं। तशर्थ हामीले अझ ठूलो कठिनाईको सामना गर्ने योजना तय गरेका छौं।"

               लण्डनमा आयोजना गरिन लागेको बीस मुलुक समूहको बैंकिङ शिखर सम्मेलनबारे चर्चा गर्दै प्रधानमन्त्री वन च्या पाउले दूर्लभै देखिने अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामनामा विकासोन्मुख मुलुकलाई विर्सनुहुँदैन भन्ने कुरामा जोड दिनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

               "बैंकिङ संकटको सामनामा विकासोन्मुख मुलुकले सबैभन्दा ठूलो कठिनाईको सामना गर्न गरिरहेका छन। यी मुलुकमा त्यति महत्वपूर्ण दृष्टिकोण पनि पुर्‍याइएको छैन। बीस मुलुक समूहको बैंकिङ शिखर सम्मेलनले विकासोन्मुख मुलुक र विशेष गरी, अति अविकसित मुलुकको हेरचाह तथा सहयोगलाई महत्वपूर्ण बिषय बनाउनुपर्छ।"

               चीनले बैंकिङ संकटको कसरी सामना गर्ने बिषयबाहेक चीनको केन्द्रिय सरकार र दलाईबीचको सम्पर्क तथा छलफल अझ हुन सक्छ कि सक्दैन भन्ने बिषयबाट पनि पत्रकारहरुको ध्यानाकर्षण जनाइएको छ। यसबारे चर्चा गर्दै प्रधानमन्त्री वन च्या पाउले भन्नुभयोः

               "दलाई लामा सामान्य धार्मिक व्यक्ति होइन। उनी एक जना निर्वासीत राजनैतिक व्यक्ति हुन। यसले स्थापना गरेको तथाकथित निर्वासी सरकार नै वास्तवमा शासनलाई धर्मसित जोडेर दलाई लामाद्बारा प्रत्यक्ष रुपमा नियन्त्रण गरेको अवैधानिक सरकार हो। दलाई लामाले विश्वका विभिन्न मुलुकमा गएर केही राजनीतिज्ञलाई भ्रम पारेको छ भने केही पश्चिमी मुलुकले उसलाई पनि प्रयोग गरेका छन।"

               पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले तिब्बत चीनको एउटा अविभाज्य भाग हो भन्दै तिब्बत समस्या चीनकै आन्तरिक मामिला हो भन्नुभयो। चीनको आन्तरिक मामिलामाथि हस्तक्षप गर्न अरु मुलुकलाई चीनले पटक्कै छूट दिंदैन भन्दै श्री वन च्या पाउले दलाई लामाले पृथकतावादी गतिविधिलाई त्यागेको खण्डमा उसका प्रतिनिधिसित सम्पर्क तथा छलफल गर्न चीन इच्छुक हुने कुरा औंल्याउनुएको छ।

               आजको पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले चीनमा मुद्राको विनिमय दर सम्बन्धी नीति, चीनको मुख्य भूमि र थाइवानबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध, हंगकंग र मकाउको विकासका लागि चीनको केन्द्रिय सरकारको समर्थन र चीन तथा शांगहाई सहयोग संगठनको सहयोग आदि बिषयबारे पत्रकारहरुद्बारा सोधिएको प्रश्नको पनि जवाफ दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040