china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा सफलताका साथ सम्पन्न भएको दुई अधिवेशनका लागि नेपाली मित्र मान बहादुर खत्रीको बधाइ
    (GMT+08:00) 2009-03-13 19:34:57    

               एघारौं चिनियाँ जन कंग्रेसको दोश्रो अधिवेशन तथा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन मार्च 5 र 3 तारीखदेखि राजधानी पैचिङमा आयोजना भएको छ। चिनियाँ राजनैतिक तथा प्रशासनिक वृतमा सर्वाधिक महत्व राख्ने यी अधिवेशनहरुले चीनको भावी कार्यनीति, कार्यदिशा, रणनीति, तथा महत्वपुर्ण योजना, नीति र कानून निर्माण गरी मुलुकलाई विश्व कै सम्पन्नशाली एवं शक्तिशाली बनाउनको लागि नै केन्द्रित भएको छ। चिनियाँ यी महत्वपुर्ण अधिवेशनहरुले विश्वभर प्रमुख समस्याको रुपमा देखापरेको बैंकिङ संकटको सामना गर्न कूटनैतिक पहल गरिने बताइएको छ। यसबाट चीन, चिनियाँ सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टीलाई आफ्नो मुलुकको मात्र नभई विश्वको नै चिन्ता छ, भन्ने कुरा स्पष्ट हुन्छ।

               यस अधिवेशनको मुख्य विषय विश्वभर फैलिएको बैंकिङ, संकट र मर्यादा नपुगेको पृष्टभूमिमा अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्नू र अर्थतन्त्रको स्थिर विकासलाई कायम राख्नु रहेको छ। विश्वभर फैलिएको बैंकिङ, संकटलाई केन्द्र विन्दु मानी सरकारी कार्य प्रतिवेदनमा भावी नीति तथा कार्यक्रमको स्पष्ट अवधारणा तयार पारीएको छ। जसमा विभिन्न मुलुकका सरकार र जनतासँग मिलेर साझा रुपमा जोखिम बहन गर्नु, बैंकिङ संकटलाई साझा रुपमा रोकावट गन र चुनौतिको सामना गर्न बैकिङ व्यवस्थाको सुधार गर्नु, अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोगलाई निरन्तर रुपमा प्रगाढ पार्न, स्वदेशी अर्थतन्त्रको विकासलाई आर्थिक कुटनैतिक र बैंकिङ कुटनीति बनाउनु, स्वदेशी अर्थतन्त्रको स्थिर र अपेक्षाकृत तिव्र विकासलाई प्रत्याभूति प्रदान गर्नुका साथै चिनियाँ नेतागणको महत्वपुर्ण अन्तर्राष्ट्रिय बहुपक्षीय सम्मेलनमा सहभागी हुनु रहेको छ। यस अधिवेशनबाट चीनले अपेक्षाकृत सफलता प्राप्त गर्ने कार्यमा म विश्वस्त छु।

               चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले यी दुई महत्वपुर्ण अधिवेशनहरु बारे प्रत्येक दिन रेडियोबाट प्रसारण गरी तथा आफ्नो वेभसाइटमा राखेर श्रोताहरुलाई अधिवेशन बारे पर्याप्त मात्रामा जानकारी गराई रहेको छ, यसको लागि मेरो व्यक्तिगत, राष्टि्रय परिषद्‍ एवं सम्पुर्ण नेपाली श्रोताहरुको तफबाट यस रेडियालाई हार्दिक धन्यवाद टक्राउँछु। यी महत्वपुर्ण यी अधिवेशनहरुको पुर्ण सफलताको कामना गर्दछु। धन्यवाद।

    भवदीय मान बहादुर खत्री

    सी.आर.आई रेडियो

    मोनिटर नेपालगञ्ज, बाँके

    नेपाल।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040