
चीनका प्रधान मन्त्री वन च्या पोले आज तेह्र तारिखका दिन बोल्दै दलाइसितको सम्पर्क वा वार्तालाई निरन्तर रुपमा कायम राख्ने कि नराख्ने भन्ने विषय दलाइको सदिच्छा र वार्तामा भएका कुराको पालनालाई हेर्नुपर्ने बताउनुभएको छ।
उहाँले चिनियाँ राष्ट्रिय जन कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि आयोजित स्वदेशी-विदेशी पत्रकार सम्मेलनमा पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदा उक्त कुरा बताउनुभएको हो।
उहाँको भनाइ अनुसार तिब्बत चीनको भूभागको एक अभिन्न भाग हो। तिब्बती समस्यासित सम्बन्धित विषयहरु चीनका आन्तरिक मामिलाहरु हुन्। त्यसै भएको हुनाले चीनका आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न कसैलाई छूट दिंदैनौं। चीन सरकारले दलाइप्रति लिंदै आएको नीति सधैं नै छ र स्पष्ट छ। पृथक कुकर्महरुको अन्त्य गर्ने हो भने उनका निजी प्रतिनिधिहरुसित सम्पर्क र वार्ता गर्न हाम्रो मनसाय छ। त्यसका लागि ढोका सदा खुला हुन्छ।
उहाँको भनाइ अनुसार दलाइ साधारण धार्मिक मानिस होइन। त्यो एक जना राजनैतिक निर्वासी नै हुन्। यो त स्पष्ट र प्रशस्त प्रमाण छन्। उनले दलासालान राज्यमा स्थापित गरेको "निर्वासी सरकार"चाहिं वास्तवमा राजैनिक र धार्मिक एकीकृत भई दलाइको सीधै अधीनमा रहेको अबैधानिक सरकार नै हो। दलाइ विश्वका विभिन्न मुलुकहरुका दौड गरेकोले राजनैतिक क्षेत्रका केही मानिसहरुलाई अलमल्याउँदै आएको छ र त्यसका साथै केही पश्चिमी मुलुकहरुले पनि उनको दुरुपयोग गर्दै आएका छन्। हामीले दलाइलाई हर्ने त उनले के के भनेको मात्र नभई उनले गरेका के के करनीहरुलाई पनि हेर्नु पर्छ।
|