china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसको महाधिवेशनव्दारा चीनका खुलापन र पारदर्शीता कायम राख्ने निर्णय स्पष्ट
    (GMT+08:00) 2009-03-13 11:43:29    

              चिनियाँ राष्ट्रिय जन कांग्रसको वार्षिक नियमित महाधिवेशन आज तेह्र तारिखका दिन पैचिङ्गमा सम्पन्न भयो। अन्तर्राष्ट्रिय मौद्रिक संकटको अवस्थामा यस वार्षिक नियमित महाधिवेशनको समय पहिलका समयभन्दा कम भएपनि सो महाधिवेशनको सत्यको खोजतलाशी व्यवहारिक भावना तथा केरकार र निर्णय गर्ने हाराहारीमा देखाइएका खुलापन र पारदर्शीताले अरुको मनमा गहिरो छाप पारेको देखिन्छ।

              त्यसैगरी फ्रान्सेली " यूरोपेली टाइम्स"ले दश तारिखका दिन एउटा लेख प्रकाशित गरी चिनियाँ राष्ट्रिय जन कांग्रेसको महाधिवेशनमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन चाहिं हरेक सालमा चलेका उक्त खालको महाधिवेशनको सबभन्दा महत्वपूर्ण कार्यसूचीमध्येको एक हो। तर ध्यान दिएकाहरुले यस वर्षको बजेटमा संतोषजनक परिवर्तन भयो भन्ने कुरा फेला पारेका छन्। जस्तोकी, उक्त प्रतिवेदनका पानाहरु पहिलेका भन्दा बढी भएपनि स्पष्ट व्याख्या गर्नका लागि फोटो वा नक्शाहरु पनि राखिएका छन्। दुई, विषयहरुको दृष्टिबाट हेर्दा " कसरी जनताबाट लिएको र कसरी जनताको सेवामा प्रयोग गर्ने " जस्तो कुरा पनि स्पष्ट छ। त्यति मात्र नभई समाजव्दारा मुख्य रुपमा ध्यान दिंदै आइएका कृषि, शिक्षा, स्वास्थ्य र समाजिक प्रत्याभूति कार्यहरुका खर्चहरु बारेका प्रश्नहरुको पनि सक्रियताका साथ जवाफ दिइएको छ।

              वास्तवमा उपर्युक्त वेलिविस्तार र व्यवहारिक निर्णय सम्बन्धी विषयहरु त यस पटकको महाधिवेशनमा पटक पटक गरी देख्न पाइए। जस्तो भनौं प्रधान मन्त्रीको कार्यकारी प्रतिवेदन सार्वजनिक भएपछि एक जना साधारण महिलाले बोल्दै हामीले ध्यान दिंदै आएका अनेकौं कार्यहरुबारे त्यसमा व्याख्या गरिसकिएको छ र सरकारी प्रतिवेदनबारे प्रतीक्षामा बस्दछौं भनेर बताएकी थिईन।

              यदी अझ दीर्घकालसम्मको दृष्टिबाट हेर्दा यता केही वर्षदेखि चीनको प्रजातान्त्रिक राजनीति क्रमशः स्वस्थ विकसित भएको हाराहारीमा चिनियाँ राष्ट्रिय जन कांग्रेसको महाधिवेशनलाई ढाकिएको चमत्कारी पर्दा खुलिसकेको छ र दिनप्रतिदिन खुला र पारदर्शी हुँदै आएको देखिन्छ। पोहोर सालको यस्तै खालको महाधिवेशनले खुलापन र पारदर्शीताको क्षेत्रमा धेरै सिर्जना गरेको थियो। जस्तै, पहिलो पटक निशुल्क रुपमा सञ्चार माध्यमहरुका लागि सार्वजनिक रेडियो र टी भीका चिन्ह र फोटोहरु प्रदान गरेको थियो। पहिलो पटक इन्टरनेटव्दारा नाउँ दर्ता र अन्तर्वार्ता गर्ने छूट दिएको थियो।

              यस वर्षको महाधिवेशनले पोहोर सालको आधारमा अझ बढी रुपमा पारदर्शीतालाई विस्तार गरेको छ। केही समिक्षा पत्रको भनाइ अनुसार पारदर्शीता अभूतपूर्व रहेको देखिन्छ। यस पटकको महाधिवेशनताक समाचार संकलन गर्न आएका विदेशी पत्रकारहरुको संख्या आठ सयभन्दा बढी छ। पश्चिमी सञ्चार माध्यमहरुले पठाएका पत्रकारहरुको संख्या पहिलेको भन्दा निकै बढी छ।

              त्यसका साथसाथै चिनियाँ राष्ट्रिय जन कांग्रेसको पारदर्शीता झन् बढ्दै आएको हाराहारीमा सारा नागरिकहरुले पत्रकारहरुका कलम र भीडियोमार्फत उक्त महाधिवेशनबारे जानकारी लिंदै आएका छन् र उनीहरुले महाधिवेशनलाई आआफ्नो राय-सुझाव र मत पनि दिएका छन्।

              चिनियाँ राष्ट्रिज जन कांग्रेसको महाधिवेशनका झन् खुलापन र पारदर्शीताले अझ बढी रुपमा सरकारका कार्यहरुका वैज्ञानिकीकरण र प्रजातन्त्रिकरणलाई अघि सार्ने भएको छ। हाल चीनको आर्थिक विकासका सामु वृहत कठिनाइ देखा परिरहेको छ। चीनको केन्द्रीय सरकारले क्रमशः अघिपछि गरी संकटको सामना गर्ने र अर्थतन्त्रको स्थिर र छिटो वृद्धिलाई कायस राख्ने अनेकौं कदमहरु प्रस्तुत गरेको छ। सो महाधिवेशनका विभिन्न विषयसूचिको खुलापनबाट ती कदमहरु चाल्न सहायक हुन जान्छ।

              उक्त पारदर्शी महाधिवेशनले चीनबारे विश्वबाट लिइएका जानकारीलाई गहिरो पार्न सक्छ। अन्तर्राष्ट्रिय मौद्रिक संकटको पृष्ठभूमिमा समस्त पृथ्वीले उच्च स्तरीय दृष्टिव्दारा चीनका सबै कथनी र करनीहरुमाथि हेर्दै आएको छ। यस पक्षको अर्थबाट भन्ने हो भने चिनियाँ राष्ट्रिय जन कांग्रेसको महाधिवेशनका खुलापन र पारदर्शीताले चीनबारे जानकारी लिंदै आएको विश्वका लागि एउटा आँखीझ्याल बनेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040