
चीनका प्रधान मन्त्री वन च्या पाउले आज पैचिङ्गमा बोल्दै अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्न चीनले दीर्घकालीन तथा कठिनाइलाई पार गर्ने तयारी गरिसकेको र अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नयाँ नीति जहिले पनि प्रस्तुत गर्नसक्ने कुरा व्यक्त गर्नुभएको छ।
उहाँले आज आयोजित चिनियाँ तथा विदेशी पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा भन्नुभएको हो।
उहाँले औंल्याउदै भन्नुभयोः चीन सरकारले ठूलो परिधिमा लगानी लगाउनु सबभन्दा प्रत्यक्ष, सबभन्दा प्रभावकारि कदम हो। यसका लागि चालिस खर्ब चिनियाँ युआन बराबर लगानीको प्रयोगलाई अघि बढाउनुपर्ने र सरकारले प्रत्यक्ष रुपमा लगाउने एघार खर्ब असी अर्ब चिनियाँ युआनको लगानी थप गरिएको हो । यसलाई मानिसहरुको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएका योजनामा प्रयोग गरिने छ।
|