
तिब्बतको ल्हासामा उत्पन्न भएको "मार्च चौध" घटना एक वर्ष भइसक्यो। तर त्यसबेला छोडिएका कालो छाँया ल्हासामा रहेका व्यापारीहरुका आ-आफ्नो मनमा सजिलै जान सकेको छैन। ब्राखोर सडकबाट नजीक " तिब्बती भेंडा" नाउँको एउटा कलात्मक पसलका साहूजी लोसाङ्गले बोल्दै यस्तै खालको घटना पछि नआओस्, नत्र भने कसरी व्यापार गर्ने भनेर बताएका छन्।
उनको पसल पोहोर सालको मार्च चौध एघार बजेतिर खुलेको थियो। तर एक घण्टाभन्दा बढी समय गएपछि मात्र बाध्य भएर बन्द गरियो। त्यस दिन केही अपराधीहरुले ल्हासामा हुलदंगा गरेका थिए र त्यस घटनामा परी दर्जनौं साधारण मानिसहरु मरेका थिए। पोहोर सालको अगष्ट महिनामा व्यापारी लोसाङ्गको पसल खुलेको छ।
प्राप्त जानकारीका अनुसार सन् 2008को अन्तसम्म तिब्बती स्वायत्त प्रदेश सरकार र बैकिङ्ग एकाइहरुले उक्त घटनामा परी नोक्सानीमा परेका व्यापारीहरुलाई पटक पटक प्रदान गरिएको विशेष ऋणको रकम एघार करोड साठी लाख चिनियाँ थियो र तीन करोड चालीस लाख चिनियाँको कर पनि मिनाह गरिएको थियो।
|