|
तिब्बतको समुद्र सतहदेखि चार हजार सात सय अठार मिटर उचाइमा रहेको "थेन हु" पर्यटन स्थलको नाम्त्सो ताल पर्यटकका लागि हालै पुन:खुला गरिएको छ। गत वर्षको अन्तमा मौसमको कारणले नाम्त्सो केही समयसम्म अस्थायी रुपमा बन्द भएको थियो।
तिब्बत स्वायत्त प्रदेशको पर्यटन ब्यूरोको तथ्याङ्कअनुसार, हाल तिब्बत पुगेका उन्नान्सय प्रतिशत पर्यटकहरुले उक्त ताललाई आफ्नो यात्राको महत्वपूर्ण गन्तव्य स्थलको रुपमा लिएका छन्।
|