|
अमेरिकाको भ्रमण रहनुभएका चिनियाँ जन कांग्रेसको तिब्बती प्रतिनिधि मण्डलले हिजो अमेरिकी तल्लो सदनअन्तर्गत् अमेरिका-चीन कार्यालय टोलीको संयुक्त प्रमुख रिक र लार्सोनसँग भेट-वार्ता गर्नुभयो। उहाँहरुले अमेरिकी तल्लो सदनका कानुन समितिका अध्यक्ष कोनिर्ससँग पनि भेट-वार्ता गर्नुभयो।
रिक र लार्सोनसँग भेट-वार्ताको अवसरमा, तिब्बती प्रतिनिधि मण्डलले चीन र अमेरिकाबीचको सम्बन्ध हालै राम्रो देखिएको भन्दै दुवै पक्षहले आपसी विश्वास गर्ने विभिन्न क्षेत्रहरुको सहयोगलाई सवल पार्ने कुरा बताउनुभयो।
यसै महिनाको एघार तारिखका दिन अमेरिकाको तल्लो सदनले तिब्बतसम्बन्धी समस्यामा चीनविरोधी निर्णय- प्रस्ताव सम्पन्न गरेको थियो। तिब्बती प्रतिनिधि मण्डलका प्रमुखले यस निर्णय-प्रस्तावको मुख्य विषय तिब्बतको व्यवहारिक अवस्था नमिलेको भन्दै अमेरिकाको तल्लो सदनका केही सदस्यहरुले यो कुरा फिर्ता लिने आशा व्यक्त गर्नुभयो।
श्री रिक र लार्सोनले अमेरिका-चीन कार्यालय टोलीले अमेरिका र चीनबीचको सम्बन्धलाई अगाडि बढाउने कुरा बताउनुभयो।
|