china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सहायक वाणिज्यमन्त्री चङ्ग सानले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज काठमाडौँमा भेट गर्नु भएको छ
    (GMT+08:00) 2009-03-18 19:28:33    

             दस सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएका चिनियाँ सहायक वाणिज्य मन्त्री चङ्ग सानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नु भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा दुई पक्षीय सहयोगका बारेमा छलफल भएको चिनियाँ दूतावासले जनाएको छ ।

                  प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहायक वाणिज्य मन्त्रीसँग नेपाल र चीनबीचको वाणिज्य विकास, नेपालमा चिनियाँ लगानी संयुक्त रुपमा जलविद्युत उत्पादन आदि विषयमा प्रस्ताव राख्नुभएको छ । नेपालको अत्यन्त भरपर्दो अशल छिमेकी राष्ट्र चीनले गरेको आर्थिक सहयोगले विकास निर्माणमा मेरुदण्डको काम गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले स्थाइ शान्ति र दिगो विकासका लागि थप सहयोग गर्न आग्रह गर्नुभएको छ ।

                 प्रत्युत्तरमा चिनियाँ सहायक वाणिज्य मन्त्री सानले सकारात्मक अभिव्यक्ति दिनुभएको छ । उहाँले नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि सरल करप्रणाली, लगानी ग्यारेन्टी तथा पारदर्शी मापदण्ड हुनुपर्ने कुरमा पनि जोड दिनुभएको छ । नेपाललाई दिइँदै आएको सहयोगलाई बढाउँदै लगिने र विकासका पूर्वाधारमा चीनले विनासर्त सहयोग गर्ने कुरा पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभएको छ ।

                 प्रधानमन्त्री प्रचण्डले नेपाल सँधै एक चीनको नीतिमा प्रतिवद्ध रहेका र छिमेकी मुलुकसँगको मैत्री सम्बन्धमा आँच पुग्ने गतिविधि हुन नदिन वर्तमान सरकार गम्भीर रहेको बताउँदा चिनियाँ सहायक वाणिज्य मन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

                 चिनियाँ सहायक वाणिज्यमन्त्री सान आगामी बिहिबार चीन नेपाल भ्रमण सिध्याएर चीन फर्कनु हुनेछ । उहाँले नेपाल भ्रमणका क्रममा अर्थमन्त्री डा. बाबुराम भट्टराई तथा आपूर्ति मन्त्री राजेन्द्र महतो लगायत उच्च अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040