चीनको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा पैचिङ्गस्थित विदेशी सञ्चार माध्यमले आज पैचिङ्गमा आयोजित तिब्बतमा प्रजातान्त्रिक सुधार 50औँ वार्षिकोत्सवसम्बन्धी बृहत प्रदर्शनीको निरीक्षण गरेका छन्। यो चीनले तिब्बत प्रजातान्त्रिक सुधारको विषयसम्बन्धी बृहत प्रदर्शनीको आयोजना गरेको पहिलो पटक हो।
यस प्रदर्शनीमा पाँच सयभन्दा बढी फोटा र एक सय असीभन्दा बढी सामानले तिब्बतको दुःखद इतिहास र सुखद वर्तमानलाई चौतर्फी रुपमा जानकारी गरेका छन्। जसबाट विदेशी पत्रकारले एउटा व्यवहारिक तिब्बतबारे थाहा पाउन सकिने विश्वास गरिएको छ।
|