|
चिनियाँ राष्ट्रिय जन कंग्रेस तिब्बती प्रतिनिधि मण्डलले गत पन्ध्रदेखि उन्नाईस तारिखसम्म अमेरिकाको भ्रमण गरी अमेरिकी समाजका विभिन्न पक्षसमक्ष तिब्बतको वास्तविक अवस्थाबारे जानकारी दिएको छ। त्यस भ्रमणबाट अमेरिकी समाजको उच्च ध्यान गएको छ।
भ्रमण अवधिमा तिब्बती प्रतिनिधि मण्डलले अमेरिकी राजनैतिक क्षेत्र, वैज्ञानिक क्षेत्र, सञ्चार-माध्यम र तिब्बती व्यक्तिलगायत् अमेरिकामा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुसँग व्यापक सम्पर्क राखेको छ।
राजनैतिक क्षेत्रका व्यक्तिलगायत् अन्य क्षेत्रका व्यक्तिहरुले तिब्बत चीनको अविच्छिन्न भूखण्ड हो भन्ने कुरालाई मान्यता दिनुका साथै "तिब्बतको स्वाधिनता"लाई कदापि पनि समर्थन नदिने कुरा औंल्याएका छन्।
|