china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको प्रतिनिधिमण्डलले नेपालका सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ
    (GMT+08:00) 2009-03-20 19:18:27    

            चिनियाँ जनमुक्ति सेनाका लफि्‍टनेन्ट जनरल तथा चिनियाँ सार्वजनिक सुरक्षा परिषदका उपप्रमुख याङ्ग क्वाङ्‍मीङले आज प्रहरी महानिरीक्षकहरुसँग भेट गरी छलफल गर्नुभएको छ। नेपाल प्रहरीका महानिरीक्षक हेमबहादुर गुरुङ्गसँग क्वाङमीङले नेतृत्व गर्नु भएको चिनियाँ जनमुक्ति सेनाको प्रतिनिधिमण्डलले प्रहरी प्रधान कार्यालयमा भेट गरी छलफल गरेको हो।

                  दुई पक्षीय भेटघाटमा पारस्पारिक सहयोग तथा सहकार्यका बारेमा छलफल भएको कुरा प्रहरी प्रधान कार्यालयले सि.आर.आई.लाई बतायो। नेपाल प्रहरीको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि चिनियाँ प्राविधिक सहयोगका बारेमा पनि छलफल भएको छ।

                 यसैगरी चिनियाँ जनमुक्ति सेनाको प्रतिनिधिमण्डलले सशस्त्र प्रहरी वलका प्रहरी महानिरीक्षक वाशुदेव ओलीसँग पनि आज विहान भेट गरी छलफल गरेको छ। नेपाल र चीनबीचको सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न सहकार्य गर्नुपर्ने कुरामा दुवै पक्षले जोड दिएको कुरा सशस्त्र प्रहरीवल प्रधान कार्यालयले सि.आर.आई. लाई बताएको छ।

                 नेपालका सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरी छलफल गर्नु क्रममा आजै गृहमन्त्रालयका सचिव गोविन्दप्रसाद कुसुमसँग दुई पक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्त नवीनकुमार घिमिरेले बताउनुभयो।

                 नेपालको सीमा क्षेत्रमा रहेका चिनियाँ सैन्य पोष्टका सुरक्षाकर्मीसमेत रहेको चिनियाँ जनमुक्ति सेनाको 19 सदस्यीय प्रतिनिधिमण्डल गत मंगलबार काठमाडौँ आइपुगेको हो। प्रतिनिधिमण्डल आगामी मंगलबार चीन फर्कदैछ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040