
लाट्सेको तिब्बती खुर्पा तिब्बतको प्रख्यात हस्त कलाको नमुना हो। यसले स्वदेशी र विदेशी पर्यटकहरुलाई निकै लोभ्याएको छ। वितेका केही वर्षदेखि तिब्बतको पर्यटन व्यवसाय एकनासले विकसित हुँदै आउनुका साथसाथै लाट्सेको तिब्बती खुर्पाको माग पनि बढेको छ।

लाट्सेको तिब्बती खुर्पा बनाउने उद्योगको विकासलाई गतिशील तुल्याउनका लागि लाट्से जिल्लाले एकातिर यालुचांग्बु नदीको मानवीय पर्यटन व्यवसायमा भर परेर लाट्से तिब्बती खुर्पालगायतका जातीय हस्तकलाको विकासलाई बढाउने काम गरिरहेको छ भने अर्कोतिर त्यसले जातीय हस्तकलाकर्मीहरुलाई घरेलु सीप विस्तार गर्न हौसला पनि दिएको छ।
|