नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनको आयोजनामा सबै राजनीतिक पार्टीका युवानेताहरु भेला भएर चिनियाँ जनतालाई बधाइ दिने भएका छन्। बधाईको विषय रहेकोछ चीनको स्वायत्त प्रदेश तिब्बतबाट दासप्रथा उन्मुलन भएर मानवअधिकार वहाली भएको तथाआधुनिक सभ्य जीवनशैलीको सुरुआत भएको 50 औं वाषिकोत्सवको अवसर ।
सन् 1959 को मार्च 28 तारिखका दिन चीनको तिब्बतबाट शान्तिपूर्ण रुपमा भूदासप्रथाउन्मुलन भई आधुनिक विकासको जग बसालिएको हो। यो वषको मार्च 28 तारिखचीनका महान् तिब्बती जनताले मुक्ति पाएको 50 वर्ष पुग्ने दिन हो । यसखुशीयालीपूर्ण अवसरमा नेपाल र नेपालीको तफबाट चीन र चिनियाँ जनतालाई बधाईदिनका लागि आगामी 27 तारिख शुक्रबार एसोसिएसनले कार्यक्रम आयोजना गर्न लागेकोअध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा गृहमन्त्री बामदेव गौतम तथा विशेष अतिथिका रुपमानेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गलाई निमन्त्रणा गरिने अध्यक्ष पौडेललेजानकारी दिनुभयो । कार्यक्रममा सबै राजनीतिक दलका युवा संगठनका प्रमुखहरु तथासञ्चारकर्मीहरुलाई पनि निमन्त्रणा गरिनेछ ।कार्यक्रमको सुरुमा चीनको तिब्बतमा भएका परिवर्तन तथा आधुनिक विकासका मुख्यझलकहरुलाई प्रदर्शन गरिनेछ । त्यसपछि एक चीनको नीतिको समर्थन तथा छिमेकीराष्ट्रको सहयोगको समीक्षा गर्दै शुभकामना मन्तव्य राखिनेछ । कार्यक्रममा वाइसिएल,नेपाल तरुण दल, प्रजातान्त्रिक राष्टि्रय युवा संघ लगायतका युवा संगठनका प्रमुखहरुलेमन्तव्य राख्नेछन्।
वर्तमान परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमको महत्व रहेको र दुई देशका युवाशक्तिको आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकसंस्थानेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेललेबताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|