चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले कुनै पनि मुलुकले दलाईलामाको पृथकता कर्तुतका लागि सहुलियत उपलव्ध गराउने कुराको चीन विरोध गर्दछ भन्नुभयो।
उहाँले चौबीस तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसै महिनाको सत्ताइस तारिख जोहनेसवर्गमा आयोजना हुने शान्ति सम्मेलनमा दक्षिण अफ्रिकी सरकारले दलाईलामालाई प्रवेशाज्ञा नदिएको विषयलाई लिएर पत्रकारद्बारा सोधिएको प्रश्नको उत्तर दिंदै उक्त कुरा बताउनुभएको हो।
थाहा भएअनुसार दक्षिण अफ्रिकी विदेश मन्त्रालयले यसै महिनाको सत्ताइस तारिख जोहनेसवर्गमा आयोजना हुने शान्ति सम्मेलनमा दक्षिण अफ्रिकी सरकारले दलाईलामालाई प्रवेशाज्ञा नदिने कुरा बाइस तारिख घोषणा गर्दै यो निर्णय दक्षिण अफ्रिकाको हितसित अनुकूल रहेको छ भनेको छ।
|