 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले कोरियाली प्रायद्वीपको वर्तमान परिस्थितिलाई नजर पुर्याएको कुरा वताउनुभयो। चीनले सम्बन्धित मुलुकसँग परिस्थितिलाई अरु जटिल पार्ने गतिबिधि नचलाउने, छ पक्षीय वार्ताको पुन:आयोजना गर्नसक्ने, कोरियाली प्रायद्वीपलाई आणविकरहित क्षेत्र बनाउने, सम्बन्धित मुलुकहरुबीचको सम्बन्धको सुधार गर्ने तथा उत्तर-पूर्वी एशिया क्षेत्रको शान्ति तथा स्थिरताको लक्ष्यलाई अघि बढाउनसक्ने आशा लिएको कुरा पनि उहाँले वताउनुभयो।
त्यसअतिरिक्त, प्रवक्ता छिन काङका अनुसार, छ पक्षीय वार्ताको गणतन्त्र कोरिया प्रतिनिधि मण्डलका प्रमुख वै शङ लो आज चीन आइपुग्नुभएको छ। चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख, चिनियाँ उप-परराष्ट्र मन्त्री वु ता वैले आज दिउँसो उहाँसँग भेट-वार्ता गरी छ पक्षीय वार्ताको सम्बन्धित विषयहरुबारे विचार विमर्श गर्नुभयो।
|