|

तिब्बतमा प्रजातान्त्रिक सुधारको पचासौँ वार्षिकोत्सवको सम्झना गर्न र लाखौं तिब्बती लाख भूदासको मुक्ति दिवस मनाउन तिब्बत स्वायत्त प्रदेश सूचना प्रकाशन संस्थाले आज पच्चीस तारिखका दिन ल्हासास्थित् पुस्तक केन्द्रमा पुस्तक वितरण समारोहको आयोजना गरेको छ। त्यस अवसरमा तिब्बती साधारण नागरिकहरु र गुम्बाहरुलाई हजारौं पुस्तक प्रदान गरिएको छ।

प्राप्त जानकारीअनुसार पचासौं वार्षिकोत्सवका उपलक्षमा वितरण गर्ने पुस्तक सोह्र किसिमका छन् र समारोहमा वितरण गरिएका पुस्तकहरु आठ किसिमका छन्।

पुस्तकहरूमा " तिब्बत हिजो र आज", , " तिब्बतको निकट इतिहास", " इतिहासबाट तिब्बतलाई हेर्दा", " हिमाली क्षेत्रका नागरिकहरुको प्रतिष्ठा" आदि समावेश छन् र बाँकी आठ किसिमका पुस्तकहरु मे महिनाअघि नै वितरण गरिने योजना छ।
|