चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज कोरियाली प्रायःद्बिपको आणविक समस्यामा चीनको अडान अबिच्छिन्न र स्पष्ट रहेको भन्दै सम्बन्धित पक्षले सम्पूर्ण परिस्थितिमाथि नजर पुर्याउने, समस्याको व्यवहारिक रुपमा समाधान गर्ने, छ पक्षीय वार्ताको संरक्षण गर्ने र सबल पार्ने आशा चीनले लिएको कुरा बताउनुभयो।
श्री छिन काङ्गले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
यसका साथै श्री छिन काङ्गले हाल सम्बन्धित पक्षले धैर्यता कायम राख्दै, सम्पूर्ण परिस्थितिमाथि नजर पुर्याएर छ पक्षीय वार्ताको प्रक्रियाको संरक्षण गर्न र कोरियाली प्रायःद्बिप तथा उत्तर-पूर्वी एशियाको शान्ति तथा स्थिरतको संरक्षण गर्नका लागि हितकर हुने कुराहरु गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो। उहाँले चीनले सम्बन्धित पक्षसँग सम्पर्क गरेर रचनात्मक भूमिका निर्वाह गर्ने मनसाय लिएको कुरा बताउनुभयो।
|