
मार्च अठाइस तारिख चीनको प्रथम "तिब्बतका लाखौं भूदासको मुक्ति भएको संझना दिवस" हुनेछ। चीनको सरकारी मुख पत्र जन दैनिकले आज "विश्व मानव अधिकार इतिहासमा भएको शानदार अध्याय" नामक लेख छापेको छ।

सो लेखमा उल्लेख गरिएको छ-सन् 1959 मा तिब्बतमा चलेको प्रजातान्त्रिक सुधारले ल्याएको मुक्ति सयौँ वर्षयता मानवले दास प्रथालाई उन्मूलन गरेको आन्दोलनको श्रृंखला हो र तिब्बतको प्रजातान्त्रिक सुधारले सुरुदेखि नै विश्वबाट व्यापक मान्यता प्राप्त गरेको छ।

सो लेखका अनुसार तिब्बतको कूल जनसंख्या सन् 1959 मा रहेको बाह्र लाखबाट बढेर 2008 मा अठाइस लाखभन्दा बढी भइसकेको छ। मानिसको सरदर आयु साढे पैंतीस वर्षबाट बढेर सत्सठी वर्ष पुगेको छ। तिब्बतको परम्परागत संस्कृतिको संरक्षण र विस्तार गरिएको छ। धार्मिक स्वतन्त्रतालाई यथेष्ठ रुपमा कदर गरिएको छ। 2008 मा तिब्बतमा पूर्णतः अनिवार्य शिक्षा संचालन गरिएको छ र मोटामोटी रुपमा निरक्षरता उन्मूलन भएको छ।
|