चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाद्वारा प्रकाशित "चीनको सैनिक शक्तिसम्बन्धी प्रतिबेदन"बारे चीनले अमेरिकासँग गम्भीर कुराकानी गरिसकेको कुरा बताउनुभयो।
अमेरिकी रक्षा मन्त्रालयले हाल सन् 2009मा "चीनको सैनिक शक्तिसम्बन्धी प्रतिबेदन"प्रकाशित गरेको छ। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन काङले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, यस प्रतिबेदनमा "चिनियाँ सेनाद्वारा ल्याइने त्राससम्बन्धी सिद्धान्त"को प्रचार-प्रसार गरिएको छ। त्यसले तथ्य कुरालाई गम्भिरताका साथ बंग्याएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। चीनले त्यसको कडा शव्दमा विरोध गर्नुका साथै अमेरिकासँग गम्भीर कुराकानी गरेको छ।
|