china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आर्थिक मन्दीमा पनि चीनले नेपाललाई दिँदै आएको सहयोगमा उल्लेख्य वृद्धि गर्नेभएको छ
    (GMT+08:00) 2009-03-26 18:00:01    

          नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गले विश्व आर्थिक मन्दीका कारण अरुमुलुकलाई सहयोग वृद्धि नगरे पनि नेपाललाई बढाइने बताउनु भएको छ। इतिहासको जटिल मोडमा रहेको छिमेकी मुलुकलाई यो वर्ष थप सरकारी सहयोगउपलब्ध गराइनेछ नेपाल चीन चेम्बर अफ कमर्सद्बारा हिजो मंगलबार आयोजितकार्यक्रममा राजदूतल भन्नुभयो मलाई विश्वास छ यो वृद्धि उल्लेख्य हुनेछ। चीनले योवर्ष नेपाललाई करिब एक अर्ब बीस करोड रुपैयाँ सहयोग गरेको छ ।विश्व आर्थिक मन्दीले पार्नसक्ने नकारात्मक असर कम गर्न चीनले थुप्रै प्रयास गरिरहेकोबताउँदै उदाउँदो अर्थतन्त्र भएको चीनले स्थिर आर्थिक वृद्धि हासिल गर्ने उहाँलेबताउनुभयो।

          चीनको आर्थिक वृद्धिले दुई देशबीचको सहयोग बढाउन मद्दत पुग्नेधारणा राजदूत कोहोङ्गको थिया। नेपालबाट चार सय 97 वस्तुलाई भन्साररहित बजार प्रवेश दिने बारेमा हालै भएकोसहमति छिट्टै कार्यान्वयन हुने पनि राजदूतले बताउनुभयो । दुई देशबीचको बढ्‍दोव्यापार घाटा क मगर्न पनि सहुलियत आवश्यक भएको नेपाली व्यवसायीले बताउँदै आएकाछन्।

         विद्यमान घाटा समान्य उपाय र प्रयासबाट पूरा गर्न नसकिने बताउँदै नेपाल चीन चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समग्र आर्थिक विकासको कार्यक्रम ल्याउनुपर्नेआवश्यकता औल्याउनुभयो।

           चिनियाँ राजदूत कोहोङ्गले नेपालमा जलश्रोत, कृषि,पूर्वाधार र पर्यटनजस्ता क्षेत्रमा सम्भावित लगानीकर्तालाई नेपालमा पठाउन प्रोत्साहनगर्नुपर्ने उहाँले माग गर्नुभयो। तिब्बतमा भइरहेको तीब्र विकास र पूर्वाधारविस्तारका लागि नेपालबाट वस्तु तथा सेवा पुर्‍याउँदा सस्तो पर्ने पनि श्रेष्ठलेबताउनुभयो। सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गरी संयुक्त लगानीकाउद्योग स्थापना गरेमा दुवैलाई लाभ हुने अध्यक्ष श्रेष्ठको तर्क थियो ।

          कार्यक्रममा उद्योगमन्त्री अष्टलक्ष्मी शास्यले नयाँ नेपाल बनाउन अभियानका क्रममा छिमेकीमुलुकबाट सहयोगको बढी नै अपेक्षा गरिएको बताउनुभयो। दस स्थानमा विशेषआर्थिक क्षेत्र स्थापना गर्ने र लगानी बोर्ड गठनले चिनियाँ लगानी आकषित गर्न मद्दतमिल्ने विश्वास मन्त्री शाक्यको थियो।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040