नेपालको विकासमा चिनियाँ सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको सूचना तथासञ्चार मन्त्री कृष्ण बहादुर महराले बताउनु भएको छ । नेपाल चीन मिडिया फोरमलेआयोजना गरेको तिब्बतको अभूतपूर्व रुपान्तरण कार्यक्रममा बोल्दै मन्त्री महरालेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण अर्को ऐतिहासिक कदम हुनेबताउनुभयो ।
नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा अडिग रहेको र एक चीनको नीतिमासँधै अविचलित समर्थन गर्ने रहेको बताउँदै उहाँले भन्नुभयो "चीनको तिब्बतमाहुने विकासले नेपालमा पनि सकारात्मक असर पार्दछ।"
सूचना विभागको सभाकक्षमा भएको सो कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतछ्वु कोहोङ्गले चीनले नेपाललाई असल छिमेकी राष्ट्रको रुपमा मात्र नभई भरपर्दोमित्रका रुपमा लिएको बताउनुभयो । बितेका 50 वर्षमा चीनको तिब्बतमा भएको विकासनिर्माणले विश्वमै उदाहरण प्रस्तुत गरेको पनि राजदूत कोहोङ्गले स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्राध्यापक माणिकलाल श्रेष्ठ, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, सीमाविदवुद्धिनारायण श्रेष्ठले नयाँ परिवेशमा नेपाल र चीनबीचको सम्बन्धमाथि प्रकाशपार्नुभएको थियो ।
त्यसैगरी भोलि शुक्रबार राजधानीमा चीनको तिब्बतमा प्रजातान्त्रिक सुधार भएको 50औं वाषिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना हुने भएको छ। नेपालचाइना फ्रेण्डशीप युथ एसोसिएसनको आयोजनामा हुने सो कार्यक्रममा युवा तथाखेलकुद मन्त्री गोपाल शाक्य प्रमुख अतिथि र नेपालका लागि चिनियाँ राजदूत छ्वुकोहोङ्ग विशेष अतिथिका रुपमा उपस्थित हुनुहुनेछ। नेपालका मुख्य राजनीतिक दलकायुवा संगठनका प्रतिनिधिहरुले सो अवसरमा चीनको तिब्बत र नेपालबीचमा युवासहयोगका बारेमा बोल्नुहुनेछ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|