 अमेरिका तथा क्यानाडाको भ्रमण सम्पन्न गरेको चिनियाँ राष्ट्रिय जन कांग्रेसको तिब्बत प्रतिनिधि मण्डलले आज पैचिङमा पत्रकार सम्मेलनको आयोजना गर्यो। उक्त प्रतिनिधि मण्डलका प्रमुख अवतारी शिङछा टेन्चि चोड्राकले यस पटकको भ्रमण निकै सफल रहेको कुरा वताउनुभयो।
अवतारी शिङछा टेन्चि चोड्राकका अनुसार, अमेरिका तथा क्यानाडाका विभिन्न क्षेत्रले "तिब्बत चीनको एउटा अविच्छिन्न भाग" भएको इतिहासबारे मतैक्य हासिल गरेका छन्। तथापि दलाइ लामाले आफ्नो धार्मिक हैसियतमार्फत विश्वमा तिब्बतको असत्य अवस्थबारे प्रचार-प्रसार गरेका कारण तिनीहरुले तिब्बतको इतिहासलगायत विभिन्न अवस्थाबारे साँचो जानकारी पाएका छैनन्। भ्रमणको अवधिमा प्रतिनिधि मण्डलले उनीहरुलाई तिब्बतको साँचो अवस्थाबारे जानकारी दिएको छ।
अवतारी शिङछा अझै अगाडि भन्नुभयो, पचास वर्षअघि तिब्बती जनतामध्येका पन्चानब्बे प्रतिशत ओगटेका भूदासहरुको कुनै पनि स्वतन्त्रता तथा अरु अधिकार थिएन। सन् 1959मा प्रजातान्त्रिक सुधार भएपछि तिब्बती सर्वसाधारणले पूर्ण रुपमा मानवअधिकार पाएका छन्।
|