 तिब्बतका लाखौं-लाख भूदासको मुक्ति भएको पचासौं वार्षिकोत्सवको सम्झना गोष्ठी आज पैचिङमा आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले यस कार्यक्रमलाई सम्बोधन गर्नुभयो।

अध्यक्ष च्या छिङ लिनका अनुसार, पुरानो तिब्बतको सामन्तवादी भूदास व्यवस्थालाई उन्मुलन गरिएको कुरा तिब्बतको इतिहासमा सबैभन्दा व्यापक, सबैभन्दा गहिरो तथा सबैभन्दा महान सामाजिक सुधार हो। त्यो चिनियाँ जनताले विश्व मानव अधिकार कार्यका लागि पुर्याएको महत्वपूर्ण योगदान हो र त्यसले तिब्बतको प्रजातान्त्रिक विकासको बाटो खोलेको छ। त्यो अन्तर्राष्ट्रिय दास उन्मुलन आन्दोलनको महत्वपूर्ण कोसे ढुंगा हो र त्यसले मानव जातिको साँस्कृतिक प्रगतिलाई अघि बढाएको छ।
|