
तिब्बतका लाखौं लाख भूदासको मुक्ति संझना दिवस मनाउने हर्ष बढाइं समारोह अठाइस तारिख बिहान ल्हासाको पोताला दरवार अगाडिको चोकमा आयोजना गरिएको छ। तिब्बत स्वायत्त प्रदेशका विभिन्न जाति र विभिन्न क्षेत्रबाट आएका तेह्र हजारभन्दा बढी प्रतिनिधिहरुको सो समारोहमा उपस्थिति थियो।

तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष छ्याँगबा पुन्छोकले अध्यक्षता ग्रहण गर्नुभएको उक्त समारोहमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले एक पछि अर्को गरी आ-आफ्नो मन्तव्य प्रकट गरे।

पुरानो तिब्बतका भूदास उनान्सत्तरी वर्षीय ल्हासा शहरबासी टसोन ड्रेले सर्वप्रथम मन्तव्य दिंदै तिब्बतका लाखौं लाख भूदासको मुक्ति संझना दिवस राखेको कुरा मुक्त भएका लाखौं लाख भूदासहरुको मनोभावना हो र हामी दुवै हात उठाएर त्यसको समर्थन गर्छौं भन्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश कमिटीका सचिव चाँग छिंग लीले सम्बोधन गर्दै यो विश्वको दास उन्मूलन आन्दोलनमा भएको महत्वपूर्ण कोसेढुँगा हो, अन्तर्राष्ट्रिय मानव अधिकार कार्यमा रहेको महत्वपूर्ण प्रगति हो र चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले विश्वको प्रजातान्त्र, स्वाधीनता र मानव अधिकार कार्यका लागि गरेको महान योगदान हो भन्नुभयो।
|