china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासा, शिगाचे, निङचिको यात्रासम्बन्धी खुराक
    (GMT+08:00) 2009-03-31 17:06:32    
    ल्हासा

    ल्हासाको मीठो खाना सडक

    देजी बाटो ल्हासा शहरको विशेष खानासम्बन्धी एउटा सडक हो। अमिलो, पिरो, गुलियो, नुनिलोलगायत् विभिन्न स्वादका खाना यहाँ पाइन्छन्। ल्हासाबासीहरुले अरुलाई खुवाउन त्यो स्थानलाई रोज्दछन्।ल्हासाको मालसामान किन्ने सडक

    बारकोर सडक ल्हासाको पूरानो तथा पवित्र सडक हुनुका साथै ल्हासाको सबैभन्दा प्रसिद्ध मालसामान सडक हो। पर्यटकहरुका लागि सबैभन्दा आकर्षक मालसामान बारकोर सडकका कर्मकाण्डसंबन्धी बस्तु तथा थाङ्का आदि बस्तु हुन्। कर्मकाण्डसंबन्धी बस्तु तथा थाङ्का किनेपछि नजीकमा पर्ने जोखाङ गुम्बामा गएर लामालाई त्यसको प्राणप्रतिस्ठा गर्न अनुरोध गर्न सकिन्छ। यसका लागि केही दक्षिणा दिनुपर्छ। त्यसका अतिरिक्त, बारकोर सडकमा जातीय विशेषता रहेका गलैँचा तिब्बती खुकुरी, तिब्बती पोशाक तथा सुन र चाँदीबाट बनाइका परम्परागत कलात्मक बस्तु पाइन्छन्।

    शिगाचे

    शिगाचेको विशेष चमेना

    किनेमा शिगाचेको विशेष खाजा हो। अरु तिब्बती क्षेत्रमा त्यो पाइँदैन। किनेमा पकाउन ससलाई स्टिकीको रुपमा मिसाएर त्यो चिसो भएपछि केही मसला राखेर खान सकिन्छ। तपाईं तिब्बती प्याज, करी पाउडर, तेल, अथवा कीमालगायत् मसलाको छनौट गर्नसक्नुहुन्छ।

    शिगाचेमा घुम्नुपर्ने ठाउँहरु

    विश्वको सर्वोच्च चुचुरो सगरमाथा शिगाचेको पश्चिमी भागमा पर्छ। तिब्बती जातिले सगरमाथालाई "सेतो हिउँ देवी"को रुपमा मान्छन्। त्यो सर्वसाधारणका लागि पवित्रस्थल हो। हरेक वर्ष धेरै मानिसहरु टाढाटाढाबाट यहाँ आउनुको उद्देश्य "पृथ्वीको तेस्रो ध्रुव" को यात्रा गर्नु हो। सगरमाथाको अवलोकन गर्ने सबैभन्दा राम्रो अवधि हरेक वर्षको अप्रिलदेखि जुन महिनासम्म हो। शिगाचे क्षेत्रमा टाशिलुन्पो गुम्बा, शाक्य गुम्बा, पालकोर गुम्बा लगायत प्रसिद्ध पुराना गुम्बाहरु छन्। तिनीहरु कला सम्बन्धी साँचो गुम्बा हुन्। त्यहाँ गएपछि मात्रै तिब्बतको धार्मिक कलाको मनोहरता अनुभव गर्नसकिन्छ।

    निङचि

    निङ चिका विशेष खाजाहरु

    निङ चि क्षेत्रमा करुबाट बनाइएको रक्सी, छाम्पा, नौनी तथा नौनी चिया लगायत तिब्बतका परम्परागत विशेष खाजाबाहेक, अरु केही विशेष खाजाहरु छन्। उदाहरणका लागि लोबा जातिको पँहेलो मदिरा, मकैको पुवा, बाँसको ढुङ्ग्रामा राखिएको भातलगायत खाजा पनि खान सकिन्छ।

    निङचिमा मालसामानको किनमेल

    निङचिमा वन जंगलसम्बन्धी पर्याप्त प्राकृतिक स्रोत छन्। तीमध्ये प्रशस्त आर्थिक वनस्पति तथा औषधीका लागि वनस्पति समावेश छन्। जंगली केरा, जंगली भुइँकटहर, जंगली कागती तथा जंगली सुन्तला जताततै पाइन्छन्। निङचिमा मोइनबा जातिका काठबाट बनाइएको कचौरा, बाँसले बुनेका वस्तु लोबा जातिकोढुंगाको भाँडोतथा माटाको भाँडालगायत विशेष हस्तकला छन्। पायी गाउँ तिब्बतको दक्षिण-पूर्वी भागमा मालसामानको वितरण गर्ने एउटा महत्वपूर्ण स्थान हो। वरिपरी क्षेत्रका हस्तकला तथा विविध मालसामान यहाँबाट अरु ठाउँ पुर्‍याइन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040