ल्हासा तिब्बत स्वायत्त प्रदेशको राजधानी हो र तिब्बतको राजनैतिक, आर्थिक तथा सांस्कृतिक केन्द्र पनि हो। यो विश्वमा सबभन्दा विशेषतायुक्त तथा आकर्षक शहरहरुमध्येको एक मानिन्छ। किनकि समुद्र सतहदेखि तीन हजार सात सय मिटर अग्लो यस शहरको एक हजार तीन सय वर्षको इतिहास छ र यस शहरमा धेरै सांस्कृतिक पुरातात्विक सम्पदा तथा बाक्लो धार्मिक वातावरण पाइन्छ।
पोताला दरबार, भाकोर सडक, चोखाङ मन्दिर, सेरा गुम्बा, द्रेपुन गुम्बा मानिसहरुमा गहिरो छाप पार्ने ठाँउहरु हुन्। माथि उल्लेखित ठाँउहरु घुमेपछि मात्रै वास्तविक रुपमा ल्हासा आइपुगेको अनुभव गर्न सकिन्छ।
सातौं शताब्दीमा स्थापित् पोताला दरबार तिब्बती राजा सोङचेन गम्बुले चिनियाँ राजकुमारी वन छङका लागि निर्माण गरेको हो। विश्वमा सबभन्दा अग्लो ठाँउमा निर्माण गरिएको यस दरबारले ओगटेको कूल क्षेत्रफल तीन लाख साट्ठी हजार वर्गमिटर छ। बुद्धका मूर्तिहरु, भित्ते चित्रहरु, बौद्ध धर्मका सूत्रहरु, मूल्यवान गहनाहरु राखिएको यस दरबारको उच्च शास्त्रीय तथा कलात्मक मूल्य रहेको छ।

(चित्रको ब्याख्या) रातको पर्दामा पोताला दरबार (सि.आर.आई.अनलाइन)
ल्हासा शहरको केन्द्रमा पर्ने चोखाङ मन्दिरको इतिहास पोताला दरबारको जस्तै लामो छ। यस मन्दिरमा राखिने शाक्यामूनिको मूर्ति चिनियाँ राजकुमारी वन छङले त्यति बेला चीनको राजधानी छाङ आनबाट ल्याउनुभएको थियो। ल्हासालाई पवित्र स्थल मानिएको कारण यसै मूर्तिसँग सम्बन्धित छ। राजकुमारी वन छङको कारण चोखाङ मन्दिरको वास्तु शैलीमा तिब्बत तथा हान जातिका विशेषताहरू मिसिएका देखिन्छन्। तिब्बती शैलीमा बनाइएको एक हजार मिटर लामो भित्ते चित्र " राजकुमारी वन छङ तिब्बत प्रवेश चित्र" तथा "चोखाङ मन्दिर निर्माण चित्र" यस मन्दिरमा राखिएका छन्। ती चित्रहरु अमूल्य कलात्मक कृतिहरु हुन्।

ल्हासामा पर्ने चोखाङ मन्दिरअगाडि पूजाआजा गर्ने धर्मावलम्बीहरु (गेटी इमेज्स)
भाकोर सडक ल्हासा शहरको पुरानो भागमा पर्दछ। यो तिब्बती विशेषतायुक्त क्षेत्र हो र ल्हासाको पुरानो शहरको पुरानो दृश्य त्यहाँ देखिन्छ। यस सडकको बाटो हातले पिटेर पिसेका ढुँगाबाट बनाइएको हो। धेरै चौडा नभएता पनि यो ठाँउ हरेक दिन ल्हासामा सबभन्दा बढी पर्यटकहरु पुग्ने ठाँउ हो। यहाँ रहेका पसलहरु तथा चल्ने गुम्ती पसलको कूल संख्या हजार जति छ र तिनीहरुले माने, तिब्बती पोशाक, तिब्बती छुरी तथा विविध किसिमका धार्मिक सामान बेच्ने गरेका छन्। कोहीले भारत तथा नेपालबाट ल्याएका माल-सामान पनि बेच्ने गर्दछन्।
भाकोर सडकका दुबैपट्टि तिब्बती शैलीमा बनाइएका घरहरु तथा गल्लीहरु देखिन्छन्। तिब्बतका विभिन्न ठाँउबाट आएका मानिसहरु यहाँ भेला हुन्छन्। उनीहरुका धेरै जना आफ्नो जातीय परम्परागत पोशाक लगाउँछन्। उनीहरुका हातमा राखिने माने तथा दानाको मालाबाट उनीहरुका लागि बौद्ध धर्ममा जीवन बिताउने तरिका बनिसकेको प्रतिविम्वित भएको छ।

भाकोर सडक(सि.आर.आई.अनलाइन)
|