सिगाचे तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पश्चिमी भागमा पर्दछ। सिगाचे तिब्बत स्वायत्त प्रदेशको दोस्रो ठूलो शहर हो। यो समुद्र सतहबाट तीन हजार आठ सय मिटर उचाइमा रहेको छ।
 सिगाचेको दृश्य (सि.आर.आई.अनलाइन)
सिगाचेमा पाइने प्राचीन भवनहरुले तिब्बती वास्तु शैलीलाई कायम राखिनुका साथै हान जातिको वास्तु कलाको विशेषता पनि मिसिएको छ। तिब्बतका दोस्रा ठूला धार्मिक नेता—पेन्चेन बसोबास गर्ने तशील्हुन्पो गुम्बा सिगाचेको चिन्ह हो। पहाडको नजिकै निर्माण गरिएको यो गुम्बा विशाल देखिन्छ र ल्हासामा पर्ने पोताला दरबारसँग तुलना गर्न सकिन्छ। वर्तमान पेन्चेन एघारौं पेन्चेन हुनुहुन्छ र उहाँको उमेर उन्नाइस वर्षको छ। सिगाचे क्षेत्रमा पर्ने ग्याङजे जिल्लामा एउटा प्रसिद्ध गुम्बा छ। यसको नाम पल्कोर गुम्बा हो। यस गुम्बामा बौद्ध धर्मका धेरै स्तूपाहरु भएकोले यसलाई तिब्बतको राजा स्तूपा मानिन्छ। यस गुम्बामा रहेका थुप्रै भित्ते चित्रहरु विशेषतायुक्त रहेका छनः हरेक आंशिक भाग आफू एउटा चित्र देखिन्छ भने सबै भागलाई हेर्दा ती चित्रहरुबीच घनिष्ट सम्बन्ध रहेको पाइन्छ।
 सिगाचेको तशील्हुन्पो गुम्बा (सि.आर.आई.अनलाइन)
 सिगाचेको पल्कोर गुम्बा (सि.आर.आई.अनलाइन)
सिगाचेबाट दक्षिणतिर जाने बाटोमा हिउँले ढाकिएको सुन्दर संसार तथा विश्वको सबभन्दा अग्लो चुचुरो झोमोलाङमा भेटिन्छ। झोमोलाङमालाई नेपालीमा सगरमाथा भनिन्छ। तिब्बती भाषामा झोमोलाङमा भनेको 'भूमिकी आमा ' हो। झोमोलाङमा शिखर वरिपरिका बीस किलोमिटर भित्रका क्षेत्रमा डाँडा-पर्वत जताततै पाइन्छन्। सन् 2008को मे आठ तारिखका दिन चिनियाँ पर्वतारोहण टोलीबाट पठाइने पवित्र ज्योति झोमोलाङमाको रिले कार्यक्रममा भाग लिएको टोलीले ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई समुद्र सतहदेखि आठ हजार तीन सय मिटरको उचाइमा पर्ने क्यापबाट शिखरमा पुर्याएर मानव जातिको ओलम्पिक खेलकुदको इतिहासमा चमत्कार सिर्जना गर्यो।
 झोमोलाङमा चुचुरो (Gettyimages)
|