टाढाबाट हेर्दा डाँडा-पर्वत देखिन्छ भने नजिक गएमा वनजङ्गल पाइन्छ। यस सुन्दर ठाँउ न्यीङची हो। तिब्बती भाषामा न्यीङची भनेको सूर्यको गद्दी हो। न्यीङचीको औसत उचाइ समुद्र सतहदेखि तीन हजार मीटर जति छ तर त्यहाँको सबभन्दा होचो ठाँउ एक सय बाउन्न मिटर मात्र छ र यो तिब्बत स्वायत्त प्रदेशमा पर्ने सबभन्दा होचो ठाँउ हो।
न्यीङचीमा फैलिएको वनजङ्गल जस्ताको तस्तै राम्रोसँग राखिएको छ। अग्ला-अग्ला रुखहरु, वनस्पतिको जीवन्त जीवाश्म "रुखको उनिउँ"(tree fern), सयौं किसिमका लालीगुराँस एवम् धेरै किसिमका वनस्पति भएकोले न्यीङचीलाई "प्राकृतिक म्युजियम" तथा "प्राकृतिक हरित भण्डार"भनिन्छ।
 न्यीङचीको प्राकृतिक दृश्य (सि.आर.आई.अनलाइन)
मानव जातिका लागि अन्तिम गोप्य स्थल मानिने यार्लुङ जान्गपो नदीको उपत्यका न्यीङची नजिकै पर्दछ। विश्वमा ठाडो रुपमा भौगोलिक अवस्था सबभन्दा फराकिलो क्षेत्रमा फैलिएको यस न्यीङचीमा प्रशस्त वनस्पति तथा जङ्गली वन्यजन्तु पाइन्छन्। यहाँका अग्ला पहाडहरु, लामो नदी भएको यहाँ मानवजाति पुग्न गाह्रो भएकोले प्राकृतिक दृश्य राम्रोसँग कायम रहेको देखिन्छ।
 यार्लुङ जान्ग्पो नदी तथा उपत्यकाको दृश्य (Gettyimages)
बासुम छो पोखरी न्यीङचीमा एउटा अचम्म लाग्दो प्राकृतिक स्थल हो। तिब्बती भाषामा बासुम छो भनेको 'हरियो पानी' हो। आफ्नो नाम जस्तै बासुम छो एउटा सफा यूँ जस्तो पहाडको काखमा शान्त भइ बसेको छ। यहाँ उपत्यका, छाँगा, झरना तथा गुफालगायत धेरै किसिमका प्राकृतिक दृश्य भेटिन्छन्। यसअतिरिक्त, यहाँ प्राचीन कालदेखि रहँदै आएको धार्मिक रहलपहल पनि पाइन्छ। बासुम छो जाने सबभन्दा राम्रो ऋतु शरद ऋतु हो। त्यसबेला अग्लो आकाशमा अलिकति सेतो बादल देखिन्छ। बासुम छो पोखरीको किनारदेखि पहाडसम्म वनजङ्गलले ढाकिएको छ । यथेष्ठ रङ्गहरु, शान्त वातावरण भएको यो स्थान चित्रप्रेमीका लागि आनन्दधाम मानिन्छ।
 बासुम छो पोखरी (सि.आर.आई.अनलाइन)
|