परराष्ट्रमन्त्री उपेन्द्र यादव आउँदो अपि्रलको 5 तारिख आइतबार चीनको औपचारिकभ्रमणमा जानुहुने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्रीयादव चीनतफ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले सि.आर.आई.लाई बताएको छ ।मन्त्री यादवको भ्रमणदलमा अन्य चारजना अधिकारीहरु संलग्न रहनेछन् । चीनको भ्रमणको समयमा परराष्ट्रमन्त्री यादवले चिनियाँ प्रधानमन्त्री वेनच्यापाओ रविदेशमन्त्री याङ्ग चेइछीसँग भेटवार्ता गर्ने कार्यक्रमम रहेको छ । भेटवार्तामानेपालको आर्थिक विकासमा चीनले गर्ने सक्ने लगानी, उर्जा संकट, विश्वव्यापी आर्थिकमन्दीले पारेको प्रभाव लगायतका विषयमा छलफल हुने कुरा परराष्ट्र मन्त्रालयलेजनाएको छ । भेटवार्तामा यसअघि चीनले प्रस्ताव गरेको शान्ति तथा मैत्री सन्धीकासम्बन्धमा समेत छलफल हुने भएको छ ।चीनले प्रस्ताव गरेको सो शान्ति तथा मैत्री सन्धीमा परराष्ट्र मन्त्रीको चीन भ्रमणपछितुरुन्तै हुने प्रधानमन्त्री प्रचण्डको भ्रमणका समयमा हस्ताक्षर हुने संभावना रहेकोपरराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनका विशेष दूतका रुपमा गत महिना नेपालआउनु भएका सहायक विदेशमन्त्री हु चेङ्ग कोइले सो सन्धीको मस्यौदा परराष्ट्रमन्त्रालयलाई हस्तान्तरण गर्नु भएको थियो । सन्धीका विषयमा अहिले विभिन्नराजनीतिक दल तथा विज्ञहरुसँग छलफल भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।परराष्ट्रमन्त्री यादवले चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँगसमेत भेटघाट गर्नुहुनेछ । मन्त्री यादवले एक साताको चीन भ्रमणका क्रममा चीनकोविशेष प्रशासनिक प्रान्त हङ्गकङ्गको पनि भ्रमणा गर्नुहुनेछ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|