china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सहयोगबाट काठमाडौँमा निर्मित निजामति सेवा अस्पतालले कार्य प्रारम्भगरेको छ
    (GMT+08:00) 2009-04-01 17:52:59    

                काठमाडौँको मीनभवनमा निर्मित निजामति सेवा अस्पताल सञ्चालनमा आएको छ । गत 29अइतबारदेखि सञ्चालनमा आएको यो अस्पताल चिनियाँ सहयोगबाट गत वर्ष निर्माणा भएको हो ।अस्पतालका कार्यकारी निर्देशक डा. विमल थापाले सि.आर.आई.लाई बताए अनुसारअस्पतालले हाल विभिन्न आठवटा क्षोत्रमा वहिरङ्ग सेवा सञ्चालनमा ल्याएको छ । दुई दिनअगाडि सञ्चालनमा आएका सेवाहरुमा सामान्य चिकित्सा, शल्यक्रिया, वालरोग, प्रसूति तथास्त्री रोग, एक्सरे, अल्ट्रासाउण्ड, प्रयोगशाला र औषाधालय छन् ।

               अन्य सेवालाईतुरुन्तै सेवामा ल्याउने योजना रहेको पनि डा. थापाले बताउनुभयो । अस्पताललेसिटिस्क्यानलाई भने सञ्चालनमा ल्याएको छैन । चिनियाँ प्राविधिकहरु आएर नेपालीप्राविधिकलाई तालिम दिएपछि मात्र सिटिस्क्यान सञ्चालनमा आउने डा. थापालेबताउनुभयो । चिनियाँ सहयोगमा बनेको निजामति सेवा अस्पताल सञ्चालनमा आएपछि प्रत्यक्षा रुपमावहालवाला र अवकासप्राप्त गरी लगभग डेढलाख कर्मचारीले सेवा प्राप्त गर्ने भएका छन् ।त्यसैगरी अप्रत्यक्षा रुपमा आश्रित परिवारका सदस्यहरु गरी ५ लाखभन्दा बढीले सेवा प्राप्तगर्ने कुरा पनि डा. थापाले बताउनुभयो । कार्यकारी निर्देशक डा. थापाका अनुसार कर्मचारी बाहेकका सर्वसाधारण जो सुकैलेपनि अस्पतालबाट सेवा प्राप्त गर्न सक्नेछन् । तर अस्पताल निजामति सेवामा कार्यरतकर्मचारीका लागि बनेको हुनाले कर्मचारी र परिवारजनका लागि भने विशेषा छुटमाउपचार पाउने व्यवस्था छ । अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारी तथा उनीहरुका परिवारजनले 49 प्रतिशतछुटमा उपचार पाउनेछन् भने अधिकृतभन्दा तल्लो तहका कर्मचारी र उनीहरुका परिवारले59 प्रतिशत छुटमा उपचार पाउने भएका छन् । अस्पतालको सेवा सस्तो र सबैकोपहुँचमा पुगोस् भन्ने हेतुले वहिरङ्ग सेवाको टिकट दर 29रुपैँया छ भने अन्यसुविधाहरु राजधानीका बीर अस्पताल र गंगालाल मुट अस्पतालकै हाराहारीमा राखिएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040