china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनसँगको व्यापारलाई प्रोत्साहन गर्ने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेबताउनु भएको छ
    (GMT+08:00) 2009-04-02 17:58:58    

                प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासका लागि चीनसँगकोव्यापारलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । चीनसँग व्यापार गर्नेव्यापारीहरुको संस्था नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुरश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सो कुरा बताउनु भएको हो ।व्यापारीहरुको प्रतिनिधिमण्डलले केही समय अगाडि प्रधानमन्त्री प्रचण्डलाई भेट गरेकोथियो ।प्रधानमन्त्री प्रचण्डलाई भेटेर फर्किएपछि सि.आर.आई.सँग कुरा गर्दै अध्यक्षदुर्गाबहादुर श्रेष्ठले आफ्नो प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीचमा भएकोकुराकानीलाई संक्षोपमा बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफूले चीन भ्रमण्ा गर्दाचिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीसँग पक्षीय व्यापार अभिवृद्धिको सम्बन्धमाकुराकानी गर्ने बताउँदै भन्नुभयो "चीन जस्तो आर्थिक रुपमा संमृद्ध मुलुकसँगकोव्यापार र लगानीलाई सरकारले प्रोत्साहन गर्नेछ ।"चिनियाँ सहयोगमा सिन्धुपाल्चोकको लार्चामा सुख्खा वन्दरगाह निर्माण हुनु हाम्रालागि खुशीको कुरा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले चीनसँगको व्यापारलाईव्यवस्थित र सरल बनाउन सरकार हरतरहले तयार रहेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपाल र चीनको तिब्बतबीचमा सदियौं देखि व्यापार हुँदै आएको र अहिले पनिनेपालको आर्थिक विकासमा चीनसँगको व्यापार महत्वपूर्ण रहेको उल्लेख गर्दैप्रधानमन्त्री प्रचण्डले प्रतिनिधिमण्डललाई दुई देशबीचको व्यापार घाटा कम गर्नआफ्नो प्रयास जारी रहेको पनि बताउनुभयो । भेटमा प्रतिनिधिमण्डलका नेता नेपाल हिमालय सिमापार वाण्ािज्य संघका अध्यक्षदुर्गाबहादुर श्रेष्ठले संघले सञ्चालनमा ल्याएका त्रिmयाकलापमाथि प्रकाश पार्नुभएकोथियो । चीनसँगको एकमात्र व्यापारिक नाका तातोपानी भन्सारलाई आधिनिकसुविधासम्पन्न, सुदृढ र व्यवस्थित गर्नुपर्ने कुरामा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीसँग मागगर्नु भएको बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040