china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती नववर्ष
    (GMT+08:00) 2009-04-07 09:46:02    

                  तिब्बती नववर्ष तिब्बती जातिका लागि सबैभन्दा भब्य र रमाइलो पर्व हो। तिब्बतका विभिन्न स्थानमा तिब्बती नववर्ष मनाइने समयमा पनि केही फरक देखिन्छ। ल्हासामा तिब्बती पात्रोअनुसार जनवरी एक तारिखका दिनलाई नववर्ष मानिन्छ भने न्याङ्गछु नदीको दक्षिणी भागका सर्वसाधारण तिब्बती पात्रोको डिसेम्बर महिनाको एक तारिखका दिन नववर्ष मनाउँछन्। यसबाहेक, छाम्दोका केही क्षेत्रमा तिब्बती पात्रोको नोभेम्बर महिनाको एक तारिखमा नववर्ष मनाइन्छ।


    तिब्बती नववर्षअघि छेमार तथा रङ्गीचङ्गी फूलहरुबाट पोताला दरबारलाई ज्यादै सुन्दर बनाइएको देखिन्छ। (सिन्व्हा समाचार समिति)

                  ल्हासा बासीहरु तिब्बती पात्रोअनुसार, डिसेम्बरदेखि नववर्षका लागि तयारी गर्न थालेका हुन्छन्। प्रत्येक परिवारले "छेमार"भन्ने अन्न राख्ने एउटा भाँडो बनाउनुपर्छ। रङ्गीचङ्गी चित्र कुँदिएको त्यस भाँडोमा गहुँका दाना र पीठो राखिनुका साथै जौ र ध्यूबाट बनाइएको रङ्गीन फूल पनि राखिन्छ। यसबाहेक, नववर्षअघि एक कचौरा जौको बीउ पनि तयार गर्नुपर्छ। जसबाट नववर्ष मनाइने क्रममा ती बीउहरु टुसाएका हुन्छन र तिनीहरूलाई रोप्न सकिन्छ। अनि "छेमार" तथा जौका हरिया बिरुवालाई टेबुलको माझमा राखिने अर्थ आगामी वर्ष बाली भित्र्यउनसक्ने प्रार्थना भन्ने रहेको छ।

                  नववर्षको ईभमा विभिन्न परिवारहरु बौद्ध मूर्ति अगाडि विभिन्न किसिमका खानेकुराहरु राख्दछन्। नववर्ष मनाइने क्रममा निकै बढी र प्रशस्त्र खाना तयार पार्नका लागि त्यसै दिनमा परिवारका सबै सदस्यहरुसँगै मिलेर मध्यरातसम्म खाना तयार गरिरहेका हुन्छन्।

                   तिब्बती नववर्षको पहिलो दिन बिहान-सबेरै लोक-कलाकारको अभिनय सुरु हुन्छ। सेता मुखुण्डो लगाएका ती लोक-कलाकारहरु काठ समातेर आफ्नो रुचिबमोजिम गीतको सिर्जना गर्दै गीत गाउँछन्। उनीहरुबाट रचना गरिएका गीतमा सौभाग्य र सुखमयको विषय भरिपूर्ण हुन्छ। त्यसै दिन प्रत्येक परिवारका लागि गर्नुपर्ने पहिलो कुरा के हो भने नदीको छेउबाट नववर्षको दिन बिहानै पहिलो गाग्री पानी अर्थात् सौभाग्यमय पानी आफ्नो घर ल्याउनुपर्छ। अनि त्यस पानीले चिया बनाइन्छ।

                   नववर्षको दोस्रो दिनदेखि नातेदार र नजिकका साथीहरुबीच आपसी आवत-जावत पनि सुरु हुन्छ। एकले अर्कालाई नववर्षको शुभकामना टक्र्याउँछन्। त्यस कार्यक्रम तीनदेखि पाँच दिनसम्म चल्ने हुन्छ।

                  तिब्बती नववर्षको अवधिमा मानिसहरु चोक अथवा फराकिलो घाँसे मैदानमा भेला भई गोर्चोम चक्र नाच र सिन्चे नाच नाच्छन्। गितार लगायतका बाजाहरुका साथमा मानिसहरु हातमा हात मिलाएर रमाइलोसँग नाचगान गरिरहेका हुन्छन् भने बाल-बालिकाहरु पटाका पड्काइरहेका हुन्छन्। उनीहरु खुसी, रमाइलो र सौभाग्यमय वातावरणमा रहिरहेका हुन्छन्।

     


    सिन्चे नाच

                  तिब्बती नववर्षका विभिन्न कार्यक्रमहरु लगातार रुपमा जनवरी पन्ध्र तारिखसम्म मनाइन्छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040