घ्यूमा बत्ती बाल्ने पर्व तिब्बती जातिको परम्परागत भब्य पर्व हो। जुन तिब्बती पात्रोअनुसार हरेक वर्षको जनवरी पन्ध्र तारिखका दिन आयोजना गरिन्छ। त्यसै कारण त्यस पर्वलाई "जनवरी पन्ध्र तारिखको बत्ती पर्व" पनि भनिन्छ।
धर्मावलम्बीहरु ल्हासाको जोखाङ्ग गुम्बामा पूजा आजा गर्नका लागि घ्यू नभई नहुने खाद्य पदार्थ हो। घ्यू गाई वा भेडाको दूधबाट बनाइएको हुन्छ। तिब्बतका जनतालाई चौंरीको दूधबाट बनाइएको घ्यू खुब मनपर्छ। ग्रीष्म र शरद ऋतुमा प्राप्तहुने घ्यूको गुणस्तर ज्यादै राम्रो हुन्छ। किनकि त्यस घ्यूको रङ्ग पहेंलो हुनुका साथै बास्ना पनि निकै मीठो हुन्छ।
घ्यूबाट विभिन्न आकारका मूर्तिहरु बनाउने गरिन्छ। जस्तै:बौद्ध मूर्ति।। मान्छेको मूर्ति।। नक्कली पहाड।। पूल र भवनहरु।। चरा।। जनावर।। रुख बिरुवा र फूलहरु आदि कलाका वस्तुहरु पनि घ्यूबाट बनाउन सकिन्छ।
घ्यूमा बत्ती बाल्ने पर्वको दिनमा तिब्बती जातिका सर्वसाधारणहरु बिहान र दिउँसो बुद्धको पूजाआजा गर्दै मणि घुमाउने गर्दछन्। गुम्बाहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छन्। तिब्बती नाटकमा मुखुण्डो लगाएका अभिनेता अभिनेत्रीहरु रङ्गीचङ्गी पोशाक लगाएर विभिन्न वाद्य वादनका साथ रमाइलोसँग नाचगान गरिरहेका हुन्छन्। राती विभिन्न गुम्बामा चम्किरहेका बत्तीहरु झुण्ड्याइएका हुन्छन्। मुख्य बाटाहरुमा विभिन्न आकारका कौसी राखेर घ्यूबाट बनाइएका भिन्ना भिन्नै किसिमका कलात्मक वस्तुहरु राखिन्छन्। साथै सर्वसाधारणहरु घ्यूबाट बनाइएका बत्ती बालेर प्रार्थना गर्ने गर्दछन्। घ्यूको बत्ती चम्किरहेको सुनौलो किरणमा घ्यूबाट बनाइएका विभिन्न कला वस्तुहरु एकदमै सुन्दर देखिन्छन्।
 घ्यूको बत्ती बाल्ने पर्वसम्बन्धी तस्वीर एक:धर्मावलम्बीहरुद्बारा घ्यूबाट बनाइएका बौद्ध मूर्तिको पूजाआजा (सिन्व्हा समाचार समिति)
 घ्यूको बत्ती बाल्ने पर्वसम्बन्धी तस्वीर दुई: ल्हासाको जोखाङ्ग गुम्बाका लामाहरुद्बारा घ्यूबाट बनाइएका कलात्मक वस्तु अर्थात् ट्सोङ्गघापा तथा उहाँका शिक्षार्थीहरुका मूर्तिहरु (सिन्व्हा समाचार समिति)
बालिएका ती घ्यूका बत्तीहरु पठार भूमिमा रातीको सफा आकाशमा ताराहरु जस्तै चम्किरहेका हुन्छन्। मानिसहरु घ्यूको बत्तीको वरीपरी खुशीसाथ नाचगान गरिरहेका हुन्छन्। तत्स्थानमा ज्यादै रमाइलो वातावरण देख्न पाइन्छ। सामान्य रुपमा घ्यूको बत्ती बाल्ने पर्व केही दिनसम्म चलेपछि मात्र सम्पन्न हुन्छ। त्यस पर्वलाई "सबैभन्दा रमाइलो पर्व"पनि भनिन्छ।
 घ्यूको बत्ती बाल्ने पर्वसम्बन्धी तस्वीर तीन: धर्मावलम्बीहरु बत्तीमा घ्यू थपिदिँदै (सिन्व्हा समाचार समिति)
|