तिब्बती पात्रोअनुसार हरेक वर्षको जून महिनाको अन्त्यदेखि जूलाई महिनाको आरम्भसम्म तिब्बतको परम्परागत शटन पर्व पर्दछ। तिब्बती भाषामा शटन पर्वको अर्थ "दही खाने"पर्व हो। त्यसैकारण शटन पर्वलाई "दही पर्व"पनि भनिन्छ। पहिले शटन पर्वको बेला मात्र मानिसहरु दही खानसक्दथे। हालआएर दही तिब्बती जनताका लागि जहिले पनि खानसक्ने सामान्य खाद्य पदार्थ बनिसकेको देखिन्छ।
हालको शटन पर्वमा बुद्धको बिशाल तस्वीरको प्रदर्शन समारोह र तिब्बती नाटकको रमाइलो अभिनय दुवै नै सबैभन्दा मुख्य विषय हुन्। यसै कारण शटन पर्वलाई "तिब्बती नाटक पर्व" र "बुद्धको बिशाल तस्वीरको प्रदर्शन पर्व"पनि भनिन्छ। सामान्य रुपमा बुद्धको बिशाल तस्वीरको प्रदर्शन समारोहबाट शटन पर्व शुरु हुन्छ। अनि सर्वसाधारणहरु खुशीसँग तिब्बती नाटक हेर्ने र पार्कमा घुम्ने आदि रमाइला गतिबिधिहरुमा भाग लिन्छन्। साथै शटन पर्वको अवधिमा चौंरी दौड प्रतियोगिता र गेटिमेजको अभिनय आदि कार्यक्रमहरु पनि समावेश छन्।
 शटन पर्वसम्बन्धी तस्वीर एक: गेटिमेज
शटन पर्वको पहिलो दिनको सबेरै ल्हासाको ड्रेपाङ्ग गुम्बाका लामाहरुले पहाडमा उभिएर बुद्धको बिशाल तस्वीरलाई सम्पूर्ण रुपमा खोलेका हुन्छन्। अनि थुप्रै धर्मावलम्बीहरु तथा त्यहाँ गएका अधिकांश पर्यटकहरु दुवै हात जोडेर भक्तिभावले पूजा आजा गर्दछन्।
 शटन पर्वसम्बन्धी तस्वीर दुई: ड्रेपाङ्ग गुम्बामा बुद्धको बिशाल तस्वीरको प्रदर्शन (www.cri.com.cn)
शटन पर्वको दोस्रो दिनदेखि ल्हासाको नोर्बु लिङ्खा पार्कमा होस् वा पोताला दरबारअगाडिको लोङ्ग वाङ्ग थान पार्कमा तिब्बती नाटक बिहान एघार बजेदेखि रातिसम्म देखाइन्छ। परिवारका विभिन्न नातेदारहरु हुन् वा मिल्ने साथीहरुसँगै घाँसे मैदानमा बसेर जौबाट बनाइएको मदिरा र नौनी राखेर बनाइएको चिया खान्छन्। सामान्य रुपमा उनीहरु आफैँले बनाएका विभिन्न किसिमका मीठाईहरु पनि ल्याएका हुन्छन्। यसबाहेक केही तिब्बती जनता नाटक हेर्नुका साथै आफ्नो हातमा समातेको मणीलाई पनि घुमाउने अथवा प्रार्थना गर्ने गर्दछन्।
 शटन पर्वसम्बन्धी तस्वीर तीन: ड्रेपाङ्ग गुम्बामा आयोजित रमाइलो गतिबिधि
|