
चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता च्याँग युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान परिस्थितिमा विभिन्न पक्षले संयम कायम राखी संयुक्त रुपमा कोरिया प्रायःद्विप तथा उत्तर पूर्वी एशियाको शान्ति र स्थिरताको संरक्षण गर्ने आशा चीनले लिएको कुरा व्यक्त गर्नुभयो।
हाल उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको विषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै श्रीमती च्याँग युले हामीले उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यसबारे विभिन्न पक्षले नजर पुर्याएकोमा ध्यान दिएको कुरा वताउनुभयो। वर्तमान परिस्थितिमा चीनले निरन्तर रुपमा छ पक्षीय वार्ताको प्रक्रियालाई अघि बढाउनुका साथै वार्तामार्फत कोरियाली प्रायःद्विपमा आणविक अस्त्ररहित पारी कोरिया प्रायःद्वीप तथा उत्तर पूर्वी एशियाको शान्ति र स्थिरताको संरक्षण गर्नु अन्तर्राष्ट्रिय समाजको साझा हितअनुकूल रहेको विचार लिएको कुरा पनि उहाँले वताउनुभयो।
साथै उहाँले चीनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रतिक्रियाले कोरिया प्रायःद्विप र उत्तर पूर्वी एशियाको शान्ति र स्थिरता तथा छ पक्षीय वार्ताको प्रक्रियाको संरक्षण गर्ने विचार लिएको कुरा व्यक्त गर्नुभयो।
|