china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले नेपाललाई दिने वार्षिक सहयोग 19 करोड युआनबाट 15 करोड युआनबनाएको छ
    (GMT+08:00) 2009-04-09 17:03:20    

                  चीन सरकारले नेपाललाई दिँदै आएको सहयोगमा उल्लेख्य वृद्धि गरेको छ ।परराष्ट्रमन्त्री उपेन्द्र यादवको चीन भ्रमणका अवसरमा हिजो जनवृहत सभामा चिनियाँउपराष्ट्रपति ची चिम्पिङ्गले सो घोषणा गर्नु भएको हो । नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोगमा वृद्धि भएको विषयलाई सबैजसोनेपाली सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार बनाएका छन् । सबै रेडियो तथाटेलिभिजनहरुले चिनियाँ सहयोग वृद्धि हुनुलाई अत्यन्त सकारात्मक भनी समाचार बनाएकाछन् भने पत्रपत्रिकाहरुले आफ्ना प्रथम पृष्ठमा यो समाचारलाई पकाशन गरेका छन् ।यसभन्दा अगाडि चीनले नेपालको विकास निर्माणमा निसर्त १० करोड युआन अर्थात् झण्डै एक अर्ब २० करोड नेपाली रुपैया प्रदान गर्दै आएको थियो । अब यो सहयोगरकममा वृद्धि भई 15 करोड युआन अर्थात 1 अर्ब असी करोड नेपाली रुपैँया भएको छ ।नेपाल सरकारको स्वामित्वमा रहेको नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिकागोरखापत्रले यो समाचारलाई प्रथम पृष्ठमा प्रकाशन गर्दै कृषि, विज्ञान तथा प्रविधि,पूर्वाधार र युवा आदानप्रदान कार्यक्रममा सहयोग गर्ने इच्छा चिनियाँ उपराष्ट्रपतिलेपरराष्ट्रमन्त्री यादवसँग व्यक्त गर्नुभएको उल्लेख गरेको छ ।चिनियाँ उपराष्ट्रपतिले तिब्बत विषयमा नेपालले राखेको अडानप्रति नेपालसरकारलाई धन्यवाद दिँदै नेपालको जारी शान्तिप्रक्रिया तथा परिवर्तित सन्दर्भमा चीनसकारको निरन्तर समर्थन र सहयोग रहने विश्वास पनि दिलाउनु भएको समाचारमा उल्लेखछ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040