china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तले तिब्वतको चौतर्फि विकासका लागि चीन सरकारले कुनै कसर बाँकि नराखेको वताउनु भएको छ।
    (GMT+08:00) 2009-04-16 13:43:48    
         सि.आर.आई संग आज संक्षिप्त कुराकानी गर्नुहुदै अध्यक्ष पन्तले सो विचार व्यक्त गर्नुभएको हो। चीनको अभिन्न अंगको रुपमा रहेको तिब्बतको शान्तिपूर्ण मुक्ति भएको 50 औं वर्ष गाँठको सम्झना गर्नुहुदै नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तले चीन सरकारको वर्षौंदेखिको अधिकतम लगानी र उदारताका कारण आज तिब्बती जनताले स्वतन्त्र र समृद्ध जीवन विताउन पाएको स्मरण गर्नुभयो।

               छिन्हाइ तिब्बत रेलमार्गको सञ्चालनवाट तिब्बती जनताको जीवनस्तरमा आमुल परिवर्तन आएको वताउनु हुदै अध्यक्ष पन्तले तिब्बती जनताको धार्मिक स्वतन्त्रता, सांस्कृतिक विकास,मानवअधिकारको संरक्षण र समस्टिगत आर्थिक विकासमा चीन सरकारले कुनै कसर वाँकि नराखेको कारण नै आज तिब्बती जनताको शिर ठाडो भएको प्रसंग उल्लेख गर्नुहुदै अध्यक्ष पन्तले तिब्बती जनताको आजको जीवन इतिहासमै सवै भन्दा सुखद भएको वताउनु भयो।

              कथित दलाइ गुटले प्रचार गर्दै आएको तिब्बती भाषा र संस्कृति निर्मूल हुदैछ भन्ने प्रचारको कडा प्रतिवाद गर्दै नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तले पश्चिमा राष्ट्रहरुको उक्साहटमा आफ्‍नो राजनीतिक अभिष्ट पुरा गर्न उसले धर्म र संस्कृतिलाइ हतियार बनाएको भए पनि सो पुरा नहुने वताउनु भएको छ।

              नेपाल र मित्रराष्ट्र चीन वीचमा सदियौदेखि कायम रहेको घनिष्ट तथा सौहार्दपूर्ण सम्वन्धलाइ दुवै देशका जनताको हित एवं सर्वाङ्गिण विकास गर्ने गराउने उदेश्यले सन 1993 मा काठ्‍माण्डौमा नेपाल चीन समाजको स्थापना भएको हो।

    रमेश कुमार भट्टराई

    सि.आर.आइ

    झापा।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040