
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा बोल्दै चीनले उचित तथा सन्तुलित रुपमा चिनियाँ युआनको आधारभूत स्थिरतालाई कायम राख्ने कुरा बताउनुभयो। यो चीनका लागि मात्र होइन, विश्व अर्थतन्त्रका लागि पनि हितकर हुने कुरा उहाँले बताउनुभयो।
हालै अमेरिकी अर्थमन्त्रालयले "अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा विनिमय दरसम्बन्धी नीति विषयक प्रतिवेदन" प्रकाशित गरेको छ। यस प्रतिवेदनका अनुसार, चीनले चिनियाँ युआनको नियन्त्रण गरेको छैन। यसबारे चर्चा गर्दै प्रवक्ता युले यस विषयमा चीनले ध्यान दिएको कुरा बताउनुभयो। चीनले चिनियाँ युआनको विनिमय दरको स्थापित व्यवस्थासम्बन्धी सुधारलाई निरन्तर रुपमा अघि बढाउने कुरा उहाँले बताउनुभयो।
|