चीनका परराष्ट्रमन्त्री याङ्ग चे चले अप्रिल महिनाको 21 देखि 27 तारिखसम्म इजिप्ट, प्यालेष्टाइन, इजरेल, सिरिया र रुसको भ्रमण गर्नुहुने जनाइएको छ।
इजिप्टका विदेशमन्त्री अहमेद अबुद गेइट, प्यालेष्टाइनी कार्यवाहक विदेश एवम् सञ्चारमन्त्री रियद माल्की, इजरेली विदेशमन्त्री अभिग्डोर लिबेर्मान, सिरियाका विदेशमन्त्री वालिड मुआलेन र रुसी विदेशमन्त्री एस. भि. लाभरोभको निमन्त्रणामा परराष्ट्र मन्त्री याङ्गले यी पाँच मुलुकको भ्रमण गर्नुहुने कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिंगमा बताउनुभएको छ। भ्रमणमा श्री याङ्गले पाँच मुलुकका विदेश मन्त्रीहरुसँग भेटवार्ता गर्नुका साथै यी मुलुकका नेताहरुसँग भेट गरी द्बिपक्षीय सम्बन्धको अझ विकास र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे वैचारिक आदान-प्रदान गर्नुहुने जनाइएको छ।
|