china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका एक वरिष्ठ पूर्व कुटनीतिज्ञले नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित र अनुकरणीय रहेको बताउनु भएको छ।
    (GMT+08:00) 2009-04-17 17:24:54    

          जनवादी गणतन्त्र चीनका लागि प्रथम सचिव, काउन्सेलर, मिनिष्टर, चीन विज्ञ एवं पूर्व राजदुत निरञ्जन भट्टराईले नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित सम्बन्धको रुपमा रहेको र यो सम्बन्ध विश्वका धेरै राष्ट्रहरुका लागि अनुकरणीय हुने बताउनु भएको छ। सि.आर. आई सँग आज संक्षिप्त कुराकानी गर्नुहुदै चीन विज्ञ एव. पूर्व राजदुत निरञ्जन भट्टराईले झण्डै 6 हजार वर्षको सभ्य इतिहास भएको चीनले गल्ती नदोहोर्‍याउने, फाइदालाई उपयोग गर्ने, आत्मनिर्भर हुन सके सम्म प्रयास गर्ने र इतिहास, ज्ञान लाई उच्च महत्व दिएको कारणले नै आज चीनले आश्चर्यजनक विकास गर्न सकेको बताउनुभयो।

              2062/063 को ऐतिहासिक जनआन्दोलन पश्चात स्थापित भएको लोकतान्त्रिक प्रणालीले नेपालमा पनि चीनमा जस्तै दुनीयावादी शासन रहेको बताउनु हुदै पूर्व राजदुत निरञ्जन भट्टराईले सदियौं देखि अत्यन्त प्रगाढ मीत्रका रुपमा रहेका 2 देशवीचको सम्बन्ध आगामी दीनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।

              संयुक्त राष्ट्रसंघमा चीनको प्रवेशका लागि नेपालले तत्कालिन अवस्थामा पूर्याएको महत्वपूर्ण सहयोग, तिब्बत र ताइवान मामीलामा चीनलाई गरेको उच्च समर्थन र नेपालको विकास निर्माणमा चीनले पूर्‍याउदै आएको सहयोगबाट 2 देशका जनताले एकलाई अप्ठ्‍यारो पर्दा अर्काले सहयोग गर्ने परम्परालाई निरन्तरता दीएको पूर्व राजदुत निरञ्जन भट्टराईले बताउनु भयो। जीवनको महत्वपूर्ण समय नेपाल चीन सम्बन्धको सुद्धढीकरणमा समर्पित गर्नुभएका 82 वर्षीय चीन विज्ञ निरञ्जन भट्टराईले, आङ्गलो नेपाली डिक्सनरी, चीन र त्यससित नेपालको सम्बन्ध, नेपाल चीन सम्बन्ध, तेन्जीङ्ग शेर्पा, लोकलयका गीत, कविता गरी झण्डै 1 दर्जन पुस्तक नेपाली, हिन्दी र चीनीयाँ भाषामा प्रकाशित गर्नुभएको छ।

    रमेशकुमार भट्टराई

    सि.आर.आई.

    काठमाण्डौं

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040